ललितपुरसहित छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित नमस्ते पेट्रोल पम्प अगाडि सडकमा हाल नम्बर नखुलेको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने रौतहट चपुर घर भएकी ६ वर्षीया अनुस्का जैसवालको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । रुपन्देहीको सैनामैना नगरपालिका-४ रन्यौरास्थित सडकमा लु.२ ख ४३२६ नम्बरक