धौलागिरि लघुवित्तको शेयर रजिस्ट्रारमा सनराइज क्यापिटल

काठमाडौं (अस) । बागलुङमा कार्यालय रहेको धौलागिरि लघुवित्त वित्तीय संस्थाले सनराइज क्यापिटल काठमाडौंलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले ३,००,००० कित्ता साधारण शेयर निष्कासन गर्न सन्राइज क्यापिटललाई जिम्मेवारी दिएको हो । सम्झौतामा धौलागिरि लघुवित्तका प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहरा र सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरे । ०७५ देखि वित्तीय कारोबार गर्दै आएको वित्तीय संस्थाले हाल २० जिल्लामा ४६ शाखा कार्यालयमार्फत ३४,४३८ सदस्यलाई लघुवित्त सेवा दिँदै आएको छ । हाल चुक्ता पुँजी ७ करोड रहेकामा सार्वजनिक शेयर निष्कासनपछि  यस्तो पुँजी १० करोड पुग्नेछ ।

सम्बन्धित सामग्री

सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल गाभिएर नयाँ एलएस क्यापिटल

काठमाडौँ–सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल गाभिएर नयाँ एलएस क्यापिटलले एकीकृत कारोबारको शुभारम्भ गरेको छ। सोमबारदेखि यी दुइ क्यापिटल गाभिएर मर्चेण्ट बैकिङ्ग कम्पनीका रुपमा एकीकृत कारोबारको शुभारम्भ गरेका हुन। क्यापिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट मंसिर २९ गते लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको नाममा कारोबार गर्ने स्वीकृति प्राप्त गरी सोमबारदेखि आफ्ना ग्राहकलाई सेवा सुविधा उपलब्ध गराएको हो। कम्पनीको प्रधान […]

सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल मार्केटको एकीकृत कारोबार सुरु

सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल मार्केटको स‌ंयुक्त कारोबार सोमबारदेखि सुरु भएको छ ।

महुली लघुवित्तको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल नियुक्त

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको असार २९ गते बसेको सञ्चालक समितिको बैठकले २०८० साउन १ गतेदेखि लागू हुने गरी आगामी दुई वर्षका लागि शेयर रजिष्ट्रारमा सनराइज क्यापिटललाई नियुक्त गरेको हो । यसअघि पनि कम्पनीको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल नै थियो । असार ३१ गते शेयर रजिष्ट्रारसम्बन्धी काम गर्ने सम्झौताको म्याद सकिएकाले कम्पनीले पुन: सनराइज क्यापिटलसँग सम्झौता गरेको हो ।

ग्लोबल आइएमई डिबेन्चरको विक्रि प्रबन्धकमा सनराइज क्यापिटल

काठमाडौं, २१ कात्तिक । ग्लोबल आइएमई बैंक लिमिटेडले “ग्लोबल आइएमई डिबेन्चर २०८४/८५” ५ अर्ब बराबरको डिबेन्चर ११.२५% व्याज सहित पाँच वर्षको लागि निष्काशन गर्न सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाडौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उ क्त कार्यको लागि ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र सन्राइज क्यापिटल […]

सनराइज क्यापिटलको निःशुल्क डिम्याट खाता योजना, अनलाइनबाट पनि खोल्न सकिने

सनराइज क्यापिटल लिमिटेडले निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ ।  क्यापिटलले ‘नेपाल सरकारको एक नेपाली एक डिम्याट खाता’ अभियानलाई सार्थक बनाउने उद्देश्यसहित निःशुल्क डिम्याट खाता योजना ल्याएको हो । नयो योजना जेठ १६ गतेदेखि असार ३२ गतेसम्म लागु हुनेछ । निःशुल्क डिम्याट खाता सनराइज क्यापिटल, सनराइज बैंकको कार्यालय र अनलाइनबाट खोल्न सकिन्छ । अनलाइनबाट...

सनराइज क्यापिटलको निःशुल्क डिम्याट खाता खोल्ने सुविधा

सनराइज क्यापिटल लिमिटेडले निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ।

सनराइज क्यापिटल लिमिटेडको ११औँ एजीएम सम्पन्न, ४०% नगद लाभांश प्रस्ताव पारित

सनराइज क्यापिटल लिमिटेडले ११औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभामार्फत क्यापिटलले शेयरधनीलाई ४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको छ ।साधारणसभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७७÷०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको हो । संचालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पूँजीको ४० प्रतिशत (कर सहित) का दरले हुन आउने ८ करोड

मोलुङको सेयर बिक्री प्रबन्धक सनराइज क्यापिटल

सनराइज क्यापिटल मोलुङ हाइड्रोपावरको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त भएको छ । ओखलढुंगामा निर्माणाधीन मोलुङको सर्वसाधारणका लागि निष्कासन गरिने ३५ लाख ३१ हजार कित्ता सेयरको सनराइज क्यापिटलले गर्ने भएको हो ।साधारण सेयर निष्कासन कार्यका लागि कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक अमृतकुमार महर्जन तथा सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठल हस्ताक्षर गरे ।७ मेगावाटको मोलुङ […]