सनराइज क्यापिटल लिमिटेडको ११औँ एजीएम सम्पन्न, ४०% नगद लाभांश प्रस्ताव पारित

सनराइज क्यापिटल लिमिटेडले ११औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभामार्फत क्यापिटलले शेयरधनीलाई ४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको छ ।साधारणसभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७७÷०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको हो । संचालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पूँजीको ४० प्रतिशत (कर सहित) का दरले हुन आउने ८ करोड

सम्बन्धित सामग्री

सनराइज क्यापिटलको ३० प्रतिशत नगद लाभांश, असोज १० मा एजीएम

काठमाडौ । सनराइज क्यापिटलको साधारण सभा असोज १० गते हुने भएको छ । सभामा सनराइजले ३०प्रतिशत  नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ । सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा बिहान १०.३० बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०८०–८१ का लागि […]

सनराइन् क्यापिटलले २५ प्रतिशत नगद लाभांश दिने

सन्राइज क्यापिटल लिमिटेडको १२ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शुक्रबार अलफ्ट होटल ठमेलमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७८÷०७९का लागि मुनाफाबाट सेयर सदस्यलाई २५ प्रतिशत (करसहित)नगद लाभांश...

हालसम्म ९ वटा म्युचुअल फण्ड योजनाको लाभांश घोषणा, कुनको कति ?

हालसम्म ९ वटा म्युचुअल फण्ड योजना हरुले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेका छन् । हालसम्म लक्ष्मी क्यापिटल, एनएमबि क्यापिटल, सिद्धार्थ क्यापिटल , एनआईबिएल एस क्यापिटल र सनराइज क्यापिटलले संचालन गरेका म्युचुअल फण्डले लाभांश घोषणा गरेका हुन् । जस अनुसार लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सचालित लक्ष्मी उन्नत्ती कोषले आर्थिक वर्ष २०७८/०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ। त्यस्तै  लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत नै सचालित लक्ष्मी इक्विटी फण्डले आर्थिक वर्ष २०७८/०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ। एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित  एमएमबि फिफ्टीले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। त्यस्तै एनएमबि म्युचुअल फण्ड अन्तर्गत नै संचालित  एनएमबि हाईब्रिड फण्ड एल १ ले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै एनएमबि सरल बचत फण्ड ई ले लाभांश दिने छैन ।सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालित सिद्धार्थ ईक्वीटी फण्डका इकाईधनीहरुलाई ९ प्रतिशतले हुन आउने  १३ करोड पचास लाख रुपैंया लाभांश वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ का इकाईधनीहरुलाई  १० प्रतिशतका दरले हुन आउने रकम  बाह्र करोड रुपैया प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।   त्यस्तै एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल प्रगती फण्डका इकाईधनीहरुलाई  कर सहित ४.२० % का दरले हुन आउने रकम  तीन करोड पन्ध्र लाख मात्र) प्रतिफल बितरण गर्ने निर्णय गरेको छ। त्यस्तै एनआईबिएल सहभागिता फण्डले इकाईधनीहरुलाई कर सहित ७.२०%  प्रतिफल वितरण गर्ने निर्णय गरेको छ।त्यस्तै सनराइज क्यापिटल योजना ब्यबस्थापक रहेको सनराइज फर्स्ट म्युचुअल फण्डले  ईकाइधनीहरुलाई कर सहित १२% लाभांश बितरण गर्ने घोषणा गरेको छ  ।

सनराइज क्यापिटलको ४० प्रतिशत नगद लाभांश पारित – देशसञ्चार

काठमाडौँ – सनराइज क्यापिटल लिमिटेडको ११ औँ वार्षिक साधारण सभाले ४० प्रतिशत नगद लाभांश पारित गरेको छ। काठमाडौँमा शुक्रबार सम्पन्न वार्षिक साधारण सभाले

सनराइज क्यापिटलको ११औं सभाले पारित गर्‍यो ४०% लाभांश वितरण गर्ने प्रस्ताव

कात्तिक १२, काठमाडौं । सनराइज क्यापिटल लिमिटेडको ११औं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । सभा कम्पनीको कार्यालय कमलपोखरी, काठमाडौंंमा सम्पन्न भएको हो । उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्तापूँजीको ४० प्रतिशत (कर सहित) का दरले हुन आउने रू. ८ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।  नेपालको प्रथम मर्चेन्ट बैंकका रुपमा स्थापना भएको यस कम्पनीले हाल शेयर रजिष्ट्रार, शेयर अन्डरराइटिङ, म्युचुअल फण्ड व्यवस्थापन, लगानी व्यवस्थापन तथा कर्पोरेट एडभाईजरीको कार्य समेत सक्रिय रुपमा सञ्चालन गर्दै आम लगानी कर्ताहरुलाई सु्दृढ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आइरहेको छ ।

सनराइज क्यापिटलको साधारणसभा आह्वान, ४० प्रतिशत लाभांश प्रस्ताव

सनराइज क्यापिटल Sunrise Capital ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक १२ गते कमलपोखरी  स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो। कम्पनीको सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  । सनराइज क्यापिटल सनराइज बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी भएकोले बैंकले यो लाभांश पाउने छ । त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायले थप संशोधनको लागि निर्देशन दिएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छ  ।

युनिलिभर नेपालद्वारा बैंक खाता अद्यावधिक गर्न अनुरोध

असोज १०, काठमाडौं । युनिलिभर नेपालले शेयरधनीलाई शेयर अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ ।  कम्पनीले गत वर्ष जस्तै यस वर्ष पनि नगद लाभांश शेयरधनीको हितग्राहीमा उल्लेख भएको बैंक खातामा आईपीएस मार्फत भुक्तानी गर्ने भएको हुँदा खाता अद्यावधिक गर्न भनेको हो ।  शेयरधनीहरुले शेयर अभौतिकरण गरी हितग्राही खाता खोेलेपछि मात्र लाभांश रकम प्राप्त हुने हुँदा हितग्राही खाता नभएका शेयरधनीहरुले कम्पनीको शेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेड कमलपोखरी काठमाडौं वा अन्य कुनै निक्षेप सदस्यकोमा हितग्राही खाता खोल्न अनुरोध गरेको छ ।  कम्पनीले भौतिक शेयर भएका शेयरधनीको हकमा हितग्राही खाता खोली आफ्नो शेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

युनिलिभर नेपालको पुरानो ६६ लाखभन्दा बढी लाभांश भुक्तानी हुन बाँकी

भदौ ३०, काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको पुराना दुई आर्थिक वर्षको रू. ६६ लाख ३८ हजार ९८० बराबरको लाभांश भुक्तानी हुन बाँकी रहेको छ ।  कम्पनीले आर्थिक वर्ष ०६९/७० र ०७१/७२ को लागि घोषणा गरेको लाभांश मध्ये उक्त रकम बराबरको लाभांश वितरण हुन बाँकी रहेको हो । पाँच वर्ष पुरानो लाभांश सम्बन्धित शेयरधनी वा निजको हकवालाहरुले हालसम्म पनि लिन नआएकाले कम्पनीले यथाशिघ्र उक्त लाभांश बुझिलिन सम्बन्धीत शेयरधनीहरुलाई अनुरोध गरेको छ ।  कम्पनीले बुधवार सूचना जारी गर्दै आगामी ३० दिनभित्र आफ्नो शेयर प्रमाणपत्र साथ कम्पनीको शेयर रजिष्ट्रार सनराइज क्यापिटल, कमलपोखरी, काठमाडौंमा सम्पर्क राख्न अनुरोध गरेको हो ।  सो अवधिभित्र लाभांश लिन नआएमा उक्त लाभांश कम्पनी ऐनको दफा १८३ बमोजिम लगानी संरक्षण कोषमा जम्मा हुने जानकारी समेत कम्पनीले दिएको छ । कम्पनीले आर्थिक वर्ष ०६९/७० मा प्रतिकित्ता रू. ७६० र आर्थिक वर्ष ०७१/७२ मा प्रतिकित्ता रू. ९९० का दरले नगद लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष ०६९/७० को कुल लाभांशमध्ये रू. १८ लाख ९८ हजार ८६० र आर्थिक वर्ष ०७१/७२ को कुल लाभांश मध्य रू. ४७ लाख ४० हजार १२० वितरण हुन बाँकी रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीको भुक्तानी हुन बाँकी लाभांश :                                                                         स्रोतः कम्पनीद्वारा जारी सूचना

सनराइज फर्स्ट म्युचुअल फण्डको इकाई मूल्य समायोजन

भदौ १६, काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सनराइज फर्स्ट म्युचुअल फण्डको इकाई मूल्य समायोजन गरेको छ । नेप्सेले फण्डले प्रस्ताव गरेको ५० प्रतिशत नगद लाभांश प्रयोजनमा मूल्य समायोजन गरेको हो ।  मंगलवार कायम कोषको अन्तिम इकाईमूल्य १८ रूपैयाँ १३ पैसाका आधारमा नेप्सेले नगद लाभांश पछिको मूल्य १३ रूपैयाँ १३ पैसा तोकेको हो । फण्डले प्रस्ताव गरेको नगद लाभांश प्रयोजनका लागि आज (एक दिन) बुक क्लोज गरेकाले नेप्सेले नगद लाभांश पछिको मूल्य तोकेको हो ।  सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित उक्त फण्डले आर्थिक वर्ष ०७७/७८ को लागि करसमेत ५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गत साउन ३१ गते गरेको हो ।

सनराइज क्यापिटलको साधारण सभा सम्पन्न, १५% नगद लाभांश पारित

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडको १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त वार्षिक साधारण सभाले आफ्नो सेयरधनीलाई आ.व. २०७६/०७७ को मुनाफाबाट १५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । नेपालको प्रथम मर्चेन्ट बैंकका रुपमा स्थापना भएको यस कम्पनीले हाल शेयर रजिष्ट्रार, सेयर अन्डरराइटिङ्ग, म्युचुअल फण्डलगायत लग...