साउन १९, काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
कम्पनीले १ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले सनराइज क्यापिटल लिमिटडेलाई विक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौगत बीर चौधरी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीको रजिष्टर्ड कार्यालय दाङ जिल्लाको घोराहीमा रहेको छ ।