सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल गाभिएर नयाँ एलएस क्यापिटल

काठमाडौँ–सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल गाभिएर नयाँ एलएस क्यापिटलले एकीकृत कारोबारको शुभारम्भ गरेको छ। सोमबारदेखि यी दुइ क्यापिटल गाभिएर मर्चेण्ट बैकिङ्ग कम्पनीका रुपमा एकीकृत कारोबारको शुभारम्भ गरेका हुन। क्यापिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट मंसिर २९ गते लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको नाममा कारोबार गर्ने स्वीकृति प्राप्त गरी सोमबारदेखि आफ्ना ग्राहकलाई सेवा सुविधा उपलब्ध गराएको हो। कम्पनीको प्रधान […]

सम्बन्धित सामग्री

सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल मार्केटको एकीकृत कारोबार सुरु

सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल मार्केटको स‌ंयुक्त कारोबार सोमबारदेखि सुरु भएको छ ।

मर्जर प्रस्ताव पारितका लागि लक्ष्मी र सनराइज क्यापिटलले बोलाए विशेष साधारण सभा

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेडले मर्जर प्रस्ताव पारितका लागि कात्तिक २१ गते विशेष साधारण सभा बोलाएका छन् । असोज १८ गते औपचारिक रुपमा मर्जरका लागि सम्झौता गरेको कम्पनीहरूले विशेष साधारण सभामार्फत अन्तिम सहमति प्रदान गर्न लागेका हुन । दुबै क्यापिटले उक्त दिन लक्ष्मी सन्राइज बैंक लिमिटेडको कार्यालय हात्तिसार, काठमाडौ.मा दिउँसो ४ बजे सभा बोलाएका हुन । यी दुई कम्पनी एक बराबर एक शेयर आदानप्रदान गर्दै मर्जरमा जान लागेका हुन । मर्जरका लागि सहमति भएको शेयर स्वाप रेसियोलाई समेत सभाले स्वीकृति प्रदान गर्नेछ । मर्जरका लागि आवश्य सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । लक्ष्मी बैंक र सनराइज बैंक एक भएसँगै यी बैंकका सहायक कम्पनीको रुपमा सञ्चालनमा रहेका दुई क्यापिटल पनि एक हुने भएका हुन । लक्ष्मी बैंक लिमिटेड र सन्राइज बैंक लिमिटेडले मर्जर प्रक्रिया पुरा गरी असार २९ गतेदेखि एकिकृत कारोबार सुरू गरेका हुन । दुई क्यापिटल एक भएपछि चुक्ता पूँजी ४८ करोड रुपैयाँ पुग्ने जानकारी कम्पनीहरूले दिएका छन् ।

लक्ष्मी क्यापिटल र सनराइज क्यापिटलबीच मर्जर सम्झौता

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेडबीच मर्जरका लागि सम्झौता भएको छ । लक्ष्मी बैंक र सनराइज बैंक एक भएसँगै यी बैंकका सहायक कम्पनीको रुपमा सञ्चालनमा रहेका दुई क्यापिटल पनि एक हुने भएका हुन । दुई क्यापिटलबीच मर्जरका लागि असोज १८ गते औपचारिक सम्झौता भएको हो । मर्जर सम्बन्धी सम्झौता पत्रमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको तर्फबाट अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटल लिमिटेडको तर्फबाट अध्यक्ष अपछ कुमार यादवले हस्ताक्षर गरेका छन् ।  लक्ष्मी बैंक लिमिटेड र सन्राइज बैंक लिमिटेडले मर्जर प्रक्रिया पुरा गरी असार २९ गतेदेखि एकिकृत कारोबार सुरू गरेका हुन । दुई क्यापिटल एक भएपछि चुक्ता पूँजी ४८ करोड रुपैयाँ पुग्ने जानकारी दिएका छन् ।

सनराइज  र लक्ष्मी क्यापिटल एक हुने

काठमाडौं । सनराइज क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल लिमिटेड एक हुने भएका छन् । लक्ष्मी बैंक र सनराइज बैंक एक भएसँगै यी दुई कम्पनी पनि एक हुन लागेका हुन् । गाभ्ने तथा गाभिने (मर्जर) प्रस्ताव पारितका लागि सनराइज क्यापिटल लिमिटेडले आगामी असोज १० गते १३औं वार्षिक साधारण सभा बोलाएको छ । सभा काठमाडौंको कमलपाेखरीस्थित सनराइज क्यापिटलको कार्यालयमा हुने भएको छ । सभाले मर्जर प्रस्तावसँगै गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुंग्याउनेछ । साथै गत आर्थिक वर्षको मुनाफाबाट ३० प्रतिशत करसमेत नगद लाभांश वितरणको प्रस्तावलाई पनि सभामा पेस गरिनेछ ।

हालसम्म ९ वटा म्युचुअल फण्ड योजनाको लाभांश घोषणा, कुनको कति ?

हालसम्म ९ वटा म्युचुअल फण्ड योजना हरुले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेका छन् । हालसम्म लक्ष्मी क्यापिटल, एनएमबि क्यापिटल, सिद्धार्थ क्यापिटल , एनआईबिएल एस क्यापिटल र सनराइज क्यापिटलले संचालन गरेका म्युचुअल फण्डले लाभांश घोषणा गरेका हुन् । जस अनुसार लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सचालित लक्ष्मी उन्नत्ती कोषले आर्थिक वर्ष २०७८/०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ। त्यस्तै  लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत नै सचालित लक्ष्मी इक्विटी फण्डले आर्थिक वर्ष २०७८/०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ। एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित  एमएमबि फिफ्टीले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। त्यस्तै एनएमबि म्युचुअल फण्ड अन्तर्गत नै संचालित  एनएमबि हाईब्रिड फण्ड एल १ ले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै एनएमबि सरल बचत फण्ड ई ले लाभांश दिने छैन ।सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालित सिद्धार्थ ईक्वीटी फण्डका इकाईधनीहरुलाई ९ प्रतिशतले हुन आउने  १३ करोड पचास लाख रुपैंया लाभांश वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ का इकाईधनीहरुलाई  १० प्रतिशतका दरले हुन आउने रकम  बाह्र करोड रुपैया प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।   त्यस्तै एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल प्रगती फण्डका इकाईधनीहरुलाई  कर सहित ४.२० % का दरले हुन आउने रकम  तीन करोड पन्ध्र लाख मात्र) प्रतिफल बितरण गर्ने निर्णय गरेको छ। त्यस्तै एनआईबिएल सहभागिता फण्डले इकाईधनीहरुलाई कर सहित ७.२०%  प्रतिफल वितरण गर्ने निर्णय गरेको छ।त्यस्तै सनराइज क्यापिटल योजना ब्यबस्थापक रहेको सनराइज फर्स्ट म्युचुअल फण्डले  ईकाइधनीहरुलाई कर सहित १२% लाभांश बितरण गर्ने घोषणा गरेको छ  ।