महुली लघुवित्तको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल नियुक्त

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको असार २९ गते बसेको सञ्चालक समितिको बैठकले २०८० साउन १ गतेदेखि लागू हुने गरी आगामी दुई वर्षका लागि शेयर रजिष्ट्रारमा सनराइज क्यापिटललाई नियुक्त गरेको हो । यसअघि पनि कम्पनीको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल नै थियो । असार ३१ गते शेयर रजिष्ट्रारसम्बन्धी काम गर्ने सम्झौताको म्याद सकिएकाले कम्पनीले पुन: सनराइज क्यापिटलसँग सम्झौता गरेको हो ।    

सम्बन्धित सामग्री

इन्फिनिटी लघुवित्तले वितरण गर्‍यो २० प्रतिशत बोनस शेयर

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको २० प्रतिशत बोनस शेयर तिवरण गरेको छ । कम्पनीले गत फागुन १३ गते छैटौं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतपश्चात् वितरण गरेको हो । जेठ ८ गतेदेखि शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गर्न थालिएको जानकारी कम्पनीले दिएको हो । यस वर्ष कम्पनीले बोनस शेयर मात्र वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साविक नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले मर्जर प्रक्रिया पूरा गरी २०७८ साल भदौ ४ गतेदेखि एकीकृत कारोबार शुरू गरेका हुन् । आयकर ऐन, २०६३ को दफा ५६ को उपदफा (२) मा भएको व्यवस्थाअनुसार प्राप्ति मितिबाट दुई वर्षसम्म निसर्ग गरेको शेयरमा पूँजीगत लाभकर नलाग्ने व्यवस्था रहेकाले सो मितिपश्चात् कायम शेयरधनीहरूले भने बोनस शेयरको कर तिर्नुपर्ने भएको छ । कम्पनीले २० प्रतिशत बोनस शेयर कर तिर्नुपर्ने शेयरधनीहरूको बोनस शेयर कर रकम जम्मा गरेपछि मात्र हितग्राही खातामा जम्मा हुने बताएको छ । कम्पनीले चुक्तापुँजी रू. ४१ करोड ४५ लाख १३ हजारको आधारमा २० प्रतिशत बोनस शेयर वितरण गरेको हो । बोनसपछि चुक्तापूँजी रू. ४९ करोड ७४ लाख १६ हजार कायम भएको छ ।  लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २ गते एक दिन बुक क्लोज गरेको थियो । यसको आधारमा फागुन १ गतेसम्म कायम शेयरधनीहरूले मात्र बोनस शेयर प्राप्त गरेका छन् । कम्पनीको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

महुली लघुवित्तले वितरण गर्‍यो २६% बोनस शेयर

वैशाख २६, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको २६ प्रतिशत बोनस शेयर सोमवारदेखि वितरण गर्न शुरु गरेको छ ।  कम्पनीले गत पुस २४ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट २६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।  उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएपश्चात् कम्पनीले सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्न शुरु गरेको हो ।  साविकको नव किरण लघुवित्त वित्तीय संस्था र महुली लघुवित्त वित्तीय संस्थाविच मर्जर प्रकृया सम्पन्न भई २०७७ मंसिर ८ गतेदेखि एकिकृत कारोबार शुरु भएको थियो ।  उक्त मितिदेखि दुई वर्षसम्म निसर्ग गरेको शेयरमा पूँजीगत लाभकर नलाग्ने व्यवस्था रहेको छ । तर उक्त मिति पश्चात शेयर धारण गरेका शेयरधनीहरुले भने बोनस शेयरमा लाग्ने कर वापतको ५ प्रतिशत रकम जम्मा गरेपछि मात्र बोनस शेयर हितग्राही खातामा जम्मा गरिने जानकारी कम्पनीले दिएको छ ।  सम्बन्धित शेयरधनीहरुले बोनस शेयरको कर बापतको रकम कम्पनीको सनराइज बैंक लिमिटेड, कमलपोखरी, काठमाडौंमा रहेको एसआरसिएल महुली बोनस ट्याक्स ७७.७८ नाममा रहेको खाता नम्बर ०६९०३७१११४७०१०२४ मा जम्मा गर्न बैंकले भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

युनिलिभर नेपालद्वारा बैंक खाता अद्यावधिक गर्न अनुरोध

असोज १०, काठमाडौं । युनिलिभर नेपालले शेयरधनीलाई शेयर अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ ।  कम्पनीले गत वर्ष जस्तै यस वर्ष पनि नगद लाभांश शेयरधनीको हितग्राहीमा उल्लेख भएको बैंक खातामा आईपीएस मार्फत भुक्तानी गर्ने भएको हुँदा खाता अद्यावधिक गर्न भनेको हो ।  शेयरधनीहरुले शेयर अभौतिकरण गरी हितग्राही खाता खोेलेपछि मात्र लाभांश रकम प्राप्त हुने हुँदा हितग्राही खाता नभएका शेयरधनीहरुले कम्पनीको शेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेड कमलपोखरी काठमाडौं वा अन्य कुनै निक्षेप सदस्यकोमा हितग्राही खाता खोल्न अनुरोध गरेको छ ।  कम्पनीले भौतिक शेयर भएका शेयरधनीको हकमा हितग्राही खाता खोली आफ्नो शेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

युनिलिभर नेपालद्वारा बैंक खाता अद्यावधिक गर्न अनुरोध

भदौ २०, काठमाडौं । युनिलिभर नेपालले शेयरधनीलाई शेयर अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ ।  कम्पनीले गत वर्ष जस्तै यस वर्ष पनि नगद लाभांश शेयरधनीको हितग्राहीमा उल्लेख भएको बैंक खातामा आईपीएस मार्फत भुक्तानी गर्ने भएको हुँदा खाता अद्यावधिक गर्न भनेको हो ।  कम्पनीले भौतिक शेयर भएका शेयरधनीको हकमा हितग्राही खाता खोली आफ्नो शेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

महुली लघुवित्तको शेयर रजिष्ट्रारमा पुन : सनराइज क्यापिटल नियुक्त

असार २१, काठमाडौं ।  महुली लघुवित्त वित्तीय संस्थाले पुन : शेयर रजिष्ट्रारमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।   शेयर रजिष्ट्रारको लागि  सनराइज क्यापिटलसँग  भएको सम्झौताको म्याद असार ३१ गते सकिने भएकाले कम्पनीले साउन १ गतेदेखि लागू हुने गरी अगामी दुई वर्षका लागि शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । कम्पनीको असार १६ गते बसेको सञ्चालक समितिको बैठकले शेयर रजिष्ट्रारको काम कारबाही गर्न  सनराइज क्यापिटलसँग सम्झौता गरको हो । अव कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु सनराइज क्यापिटलबाट हुनेछ ।

रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा सनराइज क्यापिटल

रियलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा सनराइज क्यापिटल लिमिटेड नियक्त भएको छ ।हालै मात्र ६३,००,०० कित्ता सेयर सर्वसाधारणमा जारी गरेको रिलायन्स लाइफ इन्स्योरेन्सले सेयर कारोबारका लागि रजिष्ट्रारको रुपमा सनराइज क्यापिटललाई नियुक्त गरेको हो ।अब रिलायन्स लाइफ इन्स्योरेन्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्नेलगायतका सेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण […]