औषधि नहुँदा बिरामीले उपचार पाएनन् - Naya Patrika

प्रदेश नम्बर २ का स्वास्थ्य संस्थामा औषधिको अभाव हुन थालेको छ । स्वास्थ्य संस्थामा चिसोका बिरामीको संख्या बढ्दै गएपछि औषधि अभाव हुन थालेको हो । सिरहाका स्वास्थ्य संस्थामा सामान्य ज्वरोका...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

स्वास्थ्य बीमाका बिरामीले पाएनन् भर्ना, अस्पतालका शय्या भरिभराउ

चितवन । भरतपुरका दुई अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सेवा हुँदा बिरामीले अस्पतालमा शय्या (बेड) पाउन छाडेका छन् । दुई अस्पताका शय्या भरिभराउ भएपछि भर्ना पाउन छाडेका हुन् ।  यहाँको सरकारी भरतपुर अस्पताल र निजी स्तरको कलेज अफ मेडिकल साइन्सेसमा मात्रै स्वास्थ्य बीमामार्फत उपचार सुविधा छ । यी दुई अस्पतालमा बिरामीको चाप बढेपछि आकस्मिक (इमर्जेन्सी) र बहिरङ्गमा समेत बिरामीले भरिने गरेका छन् । चितवन मेडिकल कलेजसहित निजी अस्पतालमा भने बिरामीको चाप कम छ ।  भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलले अस्पताल आएका बिरामीलाई भर्ना गर्न नसकेर फिर्ता गर्नु परेको बताए । उनले भने, ‘हामीकहाँ आएका सेवाग्राहीहरूलाई शय्या छैन भनेर भनिरहनु पर्दा अत्यन्त दुःखित छौं ।’ विगत केही दिनदेखि आकस्मिकदेखि सबै छ सय शय्या प्रायः खाली नभएको उनले बताए । अस्पतालमा सघन उपचार कक्ष ३०, बाल सघन उपचार कक्ष ६, नवजात शिशु सघन उपचार कक्ष २० सबै भरिएका छन् ।  त्यस्तै, १० शय्याको वृद्धवृद्धा वार्डको शय्या आजदेखि बढाएर १६ पु¥याइएको छ । ती शय्याहरूमा पनि बिरामीको चाप छ । स्वास्थ्य बीमाका कारण बिरामी भरिएका हुन् । पौडेलले भर्ना भएका बिरामीको अस्पताल बसाइ कसरी कम गर्न सकिन्छ भन्ने बारेमा छलफल गरिएको बताए । उनले भने, ‘सरकारी अस्पतालमा आएका बिरामी सके र भएसम्म फर्काउन नपरोस् भनेर हामी लागिपरेका छौं ।’  अस्पतालमा ७० प्रतिशत चितवनका र बाँकी बाहिरी जिल्लाका बिरामी आउने गरेका छन् । बीमाका बिरामी ७० प्रतिशतभन्दा बढी छन् । दैनिक बहिरङ्ग सेवामा दुई हजारभन्दा बढी बिरामी आउने गर्दछन् । यो सङ्घीय अस्पताल हो ।  अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम इन्चार्ज लीलाधर पौडेल दैनिक ४० जनाभन्दा बढी बीमाका बिरामी रिफर लिएर जाने गरेको बताउँछन् । अस्पतालमा शय्या अभाव भएर, कतिपय सेवा लिन पालो कुर्नुपर्ने भएर र एमआरआई जस्ता सेवा अस्पतालमा नभएर रिफर माग्ने गरेको उनले जानकारी दिए । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा पनि बिरामी भरिभराउ छन् । त्यहाँसमेत बिरामीले भर्ना नपाएपछि दुःख पाइरहेका छन् । बीमाका बिरामी पहिलो पटक भरतपुर अस्पताल पुग्छन् भने त्यसपछि रिफर लिएर बीमा कार्यक्रम लागू भएको शिक्षण अस्पताल पुग्छन् । अन्य जिल्लाबाट समेत बीमाका बिरामी रिफर भएर यहाँ आउने गरेका छन् ।  अस्पतालका अतिरिक्त निर्देशक डा. मनोहर प्रधानका अनुसार अस्पतालका सबै शय्या भरिएकाले आएका सबै बिरामी भर्ना लिन सकिएका छैनन् । उनले भने, ‘हाम्रा सबै शय्या भरिएर केही बिरामी फिर्ता जाने गरेका छन् ।’ शिक्षण अस्पतालमा पाँच सय ५० शय्या सञ्चालनमा छन् । तीमध्ये ९० ओटा सघन उपचार कक्ष छन् । नवजात शिशुदेखि वृद्धवृद्धासम्मलाई उपचार गर्नका लागि सघन उपचार कक्ष अस्पतालमा छन् । ती सबै भरिएको उनले बताए ।  अस्पतालमा अधिकांश शय्या भरिएका कारण सबै बिरामीलाई सेवा दिन नसकिएको उनले बताए । उनले भने, ‘अहिले ज्वरोका बिरामी धेरै छन्, तीसँग अरू बिरामी पनि बढेकाले चाप बढेको हो ।’ स्वास्थ्य बीमा गरेकाहरू सोही कार्यक्रमअन्तर्गत उपचार गर्न चाहन्छन् । आर्थिक रूपमा टेवा पुग्ने भएकाले सबैको रोजाइ बीमा कार्यक्रम हुने गरेको छ ।  मौसम परिवर्तनसँग मौसम ज्वरो, डेङ्गु, स्क्रबटाइफस लगायतका बिरामीको सङ्ख्या बढेको छ । पूर्वपश्चिम राजमार्ग, पृथ्वी राजमार्गलगायत भित्री सडकमा हुने दुर्घटनाका बिरामी पनि यहाँ अस्पतालमा आउने गर्दछन् । यहाँका अस्पतालमा चितवनसहित देशैभरबाट बिरामी आउने गर्दछन् । नजिकका जिल्लाहरूबाट स्वास्थ्य बीमा गर्दा नै पहिलो विन्दु भरतपुर अस्पताल बनाउनेहरूको सङ्ख्यासमेत ठूलो छ । रासस

लाइनमा घन्टौं बस्दा पनि बिरामीले पाउँदैनन् उपचार

कलैया अस्पतालमा आउने धेरै बिरामीले उपचार नै नपाएर घर फर्कनुपर्ने अवस्था छ।

अस्पतालले रेफर गरेका बिरामीले पाएनन् हवाई टिकट

सिमकोट – जिल्ला अस्पताल उपचार गर्न नसकिने भन्दै बाहिर रेफर गरिएका बिरामीले हवाई टिकट नपाउँदा बिरामी र आफन्तद्वारा जिल्ला प्रशासन कार्यालय गुहार्नुपरेको छ। बिरामी र आफन्त उपचार गर्न जानका लागि टिकटको व्यवस्था गर्न प्रशासनमा जानुुपरेको हो। बिरामी पन्चे कामीले केही गरे पनि टिकट नपाएपछि अन्तिममा प्रशासन गुहार्नुपरेको बताए। आइतबार बिरामी कामीलाई अस्पतालले जिल्ला बाहिर रेफर […]

रामेछाप जिल्ला अस्पतालका चार आईसीयू बेड प्रयोगविहीन, नागरिकले उपचार पाएनन्

रामेछाप – जिल्ला अस्पताल रामेछापमा रहेका आईसीयू बेड प्रयाेगविहीन हुँदा बिरामीले उपचार पाउन सकेका छैनन् । काेभिड–१९ सङ्क्रमितका गम्भीर बिरामीकाे उपचारमा सहज हाेस् भनेर  जिल्ला अस्पताल रामेछापलाई वाग्मती प्रदेश सरकारले गएको भदौमा दिएका पाँच थान आईसीयू बेडमध्ये एउटा मात्रै प्रयोगमा आएको हाे । प्रदेश सरकारले पाँच थान आईसीयू बेड, हाइफ्रोम्यादर क्यानुला र मनिटर एक–एक थान प्राप्त भएकोमा आईसीयू बेड सञ्चालन गर्न थप मनिटरलगायतका उपकरण आवश्यक पर्ने भएकाले अहिले एउटा मात्रै बेड सञ्चालनमा आएकाे अस्पताल...

संक्रमितबाहेकले पाएनन् उपचार

रूपन्देहीका प्रमुख अस्पताललाई कोरोना विशेष बनाएपछि कोरोना संक्रमितबाहेक अन्य बिरामीले उपचार पाउन नसक्ने अवस्था सिर्जना भएको छ । यतिसम्म कि उपचार गराउँदा निको हुने अवस्थाका बिरामीले पनि उपचार नपाएर मृत्युवरण गर्न थालेका छन् ।

घरमा उपचार गराउने संक्रमितले अक्सिजन पाएनन्

सरकारले अक्सिजन आपूर्ति व्यवस्थापनलाई सहज बनाउन यसका लागि मापदण्ड जारी गरे पनि घरमा उपचार गराइरहेका कोभिड संक्रमितले अक्सिजन नपाएको गुनासो गरेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल अक्सिजनको प्रयोग तथा आवश्यकता निर्धारण सम्बन्धी मापदण्ड २०७८ जारी गरेर अक्सिजनको प्रयोग तथा आवश्यकतालाई सुनिश्चित गर्ने जनाए पनि अस्पतालमा शैया नभएर घरमा नै उपचार गराइरहेको बिरामीले अक्सिजन नपाएका […]

स्वास्थ्यकर्मीको आन्दोलनले जाजरकोटका बिरामीले उपचार पाएनन्

जाजरकोट : भेरी नगरपालिका १ डौरीकाँडाका सुरेस रोकाय बिरामी परेपछि उपचारका लागि आइतबार जाजरकोट अस्पताल पुगे तर, स्वास्थ्यकर्मीको आन्दोलनका कारण उनले उपचार पाउन सकेनन्। उनी उपचार नपाएरै घर फर्कन बाध्य भए। सुरेसजस्तै नलगाड ८ का शेरबहादुर खत्री पनि उपचार नपाउँदा निराश भएर घर फर्किए। यी केही प्रतिनिधी उदाहरण हुन्। उनीहरू ज...