रूपन्देहीका प्रमुख अस्पताललाई कोरोना विशेष बनाएपछि कोरोना संक्रमितबाहेक अन्य बिरामीले उपचार पाउन नसक्ने अवस्था सिर्जना भएको छ । यतिसम्म कि उपचार गराउँदा निको हुने अवस्थाका बिरामीले पनि उपचार नपाएर मृत्युवरण गर्न थालेका छन् ।
३१ भदौ, काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि बिरामी उपचार पाउनबाट वञ्चित भएका छन् । उपचार पाउन वञ्चित बिरामीमध्ये एक हुन ९० वर्षका मानवीर विक । स्वास्थ्यमा समस्या देखिएपछि ओखलढुंगाका उनलाई छोरा दुतमानले गंगालालमा ल्याएर जँचाएका थिए । गंगालालमा ३-४ महिना उपचार गरेपछि उनलाई फोक्सोमा पानी पनि जमेको भन्दै वीर अस्पताल रिफर […]
लमजुङ । जिल्ला अस्पताल लमजुङले कोरोना संक्रमितको उपचार खर्च नपाएको जनाएको छ । गण्डकी प्रदेश सरकारले उपलब्ध गराउने भनी सम्झौता गरेक पनि हालसम्म रकम उपलब्ध नभएको जिल्ला अस्पताल लमजुङका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए । जिल्ला अस्पताल लमजुङले महामारी सुरु भएदेखि हालसम्म पाँच सय ६९ जनाले उपचार गरेको छ । उपचार गराएका संक्रमितहरूको कूल रकम […]
पाल्पा । पाल्पाको सबै भन्दा ठूलो निजी अस्पताल लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालले बीमा बापतको उपचार सेवा बन्द गरेको छ । आर्थिक वर्ष २०७९ / ८० को बजेट वक्तव्यमा २०७९ साउन १ गतेबाट सरकारी तथा सामुदायिक स्वास्थ्य प्रदायक संस्थाबाट मात्रै स्वास्थ्य बिमा कार्यक्रम उपलब्ध गराउने भएपछि सरकारको निर्णयबाट उक्त सेवा उपलब्ध गराउन नसकिने भन्दै […]
कालीकोटको पलाँता गाउँपालिका–८ थिर्पुस्थित स्वास्थ्यचौकीमा कर्मचारी नहुँदा सुत्केरीले राम्रो उपचार पाएनन् । स्थानीयवासी जनबहादुर रोकायाकी श्रीमती छाइला रोकायाले शुक्रबार स्वास्थ्यचौकीमा सुत्केरी हुन आउँदा स्वास्थ्यकर्मी नभेटिएपछि उनी चौकीकै प्राङ्गणमा सुत्केरी भइन् । उनले छोरीलाई जन्म दिएकी थिइन् । रोकायाले राम्रो उपचार नपाएपछि स्वास्थ्यकर्मीको तलब रोकिएको हो ।सुत्केरीले उपचार नपाएपछि स्वास्थ चौकी थिर्पुमा तिहारकै दिन गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले अनुगमन गर्दै सेवाग्राहीको उपचारमा स
गएराती रोल्पामा पहिरोले पुरिएर मृत्यु भएका ३ जनाको मृत्यु भएपछि सदरमुकामबाट साढे चार घण्टामा हिँडेर पुगेका त्यहाँका प्रहरी प्रमुखले आफू घटना स्थलमा आइपुगे पनि गम्भीर घाइते एक जनालाई अस्पताल लैजान हेलिकोप्टरको आवश्यकता रहेको बताएका छन् । घटनास्थल रोल्पा नगरपालिका भित्रकै हो । तर त्यस नगरपालिका वडा नम्वर –९ को होमा गाउँसम्म सवारी साधन जान सक्ने अवस्था नभएपछि प्रहरीको टोली हिडेर त्यहाँ पुगेको हो । ‘म सहित १५ जना प्रहरीको टोली सदरमुकामबाट
रामेछाप – जिल्ला अस्पताल रामेछापमा रहेका आईसीयू बेड प्रयाेगविहीन हुँदा बिरामीले उपचार पाउन सकेका छैनन् । काेभिड–१९ सङ्क्रमितका गम्भीर बिरामीकाे उपचारमा सहज हाेस् भनेर जिल्ला अस्पताल रामेछापलाई वाग्मती प्रदेश सरकारले गएको भदौमा दिएका पाँच थान आईसीयू बेडमध्ये एउटा मात्रै प्रयोगमा आएको हाे ।
प्रदेश सरकारले पाँच थान आईसीयू बेड, हाइफ्रोम्यादर क्यानुला र मनिटर एक–एक थान प्राप्त भएकोमा आईसीयू बेड सञ्चालन गर्न थप मनिटरलगायतका उपकरण आवश्यक पर्ने भएकाले अहिले एउटा मात्रै बेड सञ्चालनमा आएकाे अस्पताल...
सरकारले अक्सिजन आपूर्ति व्यवस्थापनलाई सहज बनाउन यसका लागि मापदण्ड जारी गरे पनि घरमा उपचार गराइरहेका कोभिड संक्रमितले अक्सिजन नपाएको गुनासो गरेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल अक्सिजनको प्रयोग तथा आवश्यकता निर्धारण सम्बन्धी मापदण्ड २०७८ जारी गरेर अक्सिजनको प्रयोग तथा आवश्यकतालाई सुनिश्चित गर्ने जनाए पनि अस्पतालमा शैया नभएर घरमा नै उपचार गराइरहेको बिरामीले अक्सिजन नपाएका […]
कैलाली : अक्सिजनको सहारामा मृत्युलाई जित्ने कोसिस गरिरहेका डोटीका एक बिरामी सेती प्रादेशिक अस्पतालको प्राङ्गणमा उपचाररत छन्। ४ दिनअघि डोटीबाट उपचारका लागि धनगढी ल्याइपुर्याइएका उनलाई ३ दिन धनगढीकै केजी अस्पतालमा उपचार गरियो।
त्यहाँ अक्सिजन सकिएपछि मंगलवार बेलुका उनका छोराले उनलाई सेती प्रादेशिक अस्पताल ल्याए। तर, बेड पाएनन्। उनलाई अक्सिजन नभई…