हिंस्रक प्रदर्शन बढेपछि ट्यूनीशियाका प्रधानमन्त्री बर्खास्त भएका छन्। संसद भंग भएको छ। राष्ट्रपति कैस सैयदले प्रधानमन्त्री हिचम मेकिनीलाई पदबाट बर्खास्त र संसद भंग गरिदिएका हुन्। विपक्षीहरूले पछिल्लो घटनाक्रमलाई तख्तापलट संज्ञा दिएका छन्। यतिखेर त्यहाँ गम्भीर सत्ता संकट निम्तिएको छ। कोरोना महामारीसँग जुध्न सरकार विफल भएको भन्दै त्यहाँका नागरिकले विरोध प्रदर्शन थालेका थिए। प्रदर्शन हिंस्रक बनेको थियो। आइतबार ट्यूनीशियाका लगभग हरेक क्षेत्रमा ठूलो संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका