इस्लामावाद– पाकिस्तानको संसद अगस्ट ९ मा विघटन हुने भएको छ । प्रधानमन्त्री शाहबाज सरिफले सो घोषणा गरेका हुन् । गत बिहीबार सांसदहरुको सम्मानमा रात्रिभोजको आयोजना गरिएको थियो, जहाँ शाहबाजले सांसदहरूलाई भेटेका थिए । सो क्रममा देशको राजनीतिक अवस्थाका बारेमा छलफल भएको थियो । सांसदहरुको भेटपछि मात्र प्रधानमन्त्री शाहबाजको तर्फबाट संसद भंग गर्ने घोषणा गरिएको थियो […]