काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ सूचीकृत भएको छ । कम्पनीको १ लाख २३ हजार ८१६ दशमलव ४५ कित्ता शेयर सूचीकृत भएको हो।
कम्पनीले असोज २५ गतेदेखि ३० गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६ दशमलव ४५ कित्ता एफपीओ निष्कासन गरेको थियो । सोही शेयर आज अर्थात सोमवार नेप्सेमा सूचीकृत भएको हो ।