मंसिर १, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले एफपीओ निष्कासनका लागि अनुमति माग्दै गत कार्तिक २३ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीले प्रतिकित्ता १७७ दशमलव ८० रुपैयाँका दरले ९१ लख २३ हजार ९८४ दशमलव ८० रुपैयाँ बराबरको ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्नेछ ।
कम्पनीको एफपीओ निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग रहेको छ ।
कम्पनीले इक्रा नेपालमा रेटिङ गराइसकेको छ ।कम्पनीले निष्कासन गर्ने एफपीओलाई इक्रा नेपालले इक्राएनपी इस्यूआर बीबी रेटिङ प्रदान गरेको छ ।यस्तो रेटिङले कम्पनीको आधारभुत पक्ष मध्य रहेको देखाउँछ ।
साथै कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको भन्ने पनि देखाउँछ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि कम्पनीले एफपीओ निष्कासन गर्नेछ ।
कम्पनीले नागबेली लघुवित्त वित्तीय संस्था र स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरिसकेको छ । स्वेडा लघुवित्त दोस्रो बजारमा सूचीकृत कम्पनी भने होइन ।
सूचीकृत कम्पनीले सूचीकृत नभएको कम्पनीलाई प्राप्ति गरेपश्चात शेयर संरचना मिलाउनको लागि एफपीओ निष्कासन गर्नु पर्ने कानूनी प्रावधान रहेको छ ।
यो पनि हेर्नुस् :
पहिलो त्रैमासमा मिर्मिरे लघुवित्तको नाफा १९३% बढ्यो
मिर्मिरे लघुवित्त वित्तीय संस्था [ चौथो त्रैमासिक वित्तीय अवस्था तथा प्राविधिक विश्लेषण ]
९८ % कम प्रोभिजन छुट्याउँदा मिर्मिरे लघुवित्तको नाफा करीब ६ गुणाले वृद्धि
मिर्मिरे लघुवित्तको एफपीओ निष्कासन प्रक्रिया शुरु, इक्रा नेपालमा रेटिङ सम्पन्न