जेठ २६, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले यसअघि कम्पनीले ३७ हजार २६० कित्ता एफपीओ निष्कासन गर्ने जानकारी गराएकोमा बढाएर ५१ हजार ३१६ कित्ता निष्कासन गर्ने जानकारी नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।
एफपीओ निष्कासन सम्बन्धी कार्य यसअघि नै नेपाल एसबिआई मर्चेण्ट बैंकिङसँग सम्झौता गरिसकेको छ । तसर्थ कम्पनीको एफपीओको विक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्टले गर्नेछ ।