के हो एफपीओ ? मिर्मिरे लघुवित्तले किन एफपीओ जारी गरेको हो

काठमाडौं । धितोपत्र बजारमा आज अर्थात असोज २५ गते देखि एक कम्पनीको एफपीओ विक्री खुलो भएको छ । धैरे जसो पुरानो लगानीकर्ताहरुलाई एफपीओ भनेको के हो भन्ने थाहा होला तर पछिल्लो समय भित्रिएका नयाँ लगानीकर्ताहरुलाई भने यसका बारेमा थाहा नहुन सक्छ । मिर्मिरे  लघुवित्तले अंंकित मूल्यमै एफपीओ निष्कासन गरेको होे । पछिल्लो समय लगातार विभिन्न क्षेत्रका कम्पनीहरुको आईपीओ निष्कासन भइरहेको छ । यस बिचमा मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आज देखि एफपीओ विक्री खुला गरेको छ । कतिपय लगानीकर्ताले एफपीओ भनेको के हो ? यो दोस्रो बजारमा कति मूल्यमा कारोबार हुन्छ भन्ने जस्ता प्रश्न गरिरहेको छन् ।  कुनै पनि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन अर्थात आईपीओ जारी गरे पश्चात सूचीकरण भैसकेको संगठित संस्थाले पुँजी वृद्धि गर्नु परेमा धितोपत्रको थप सार्वजनिक निष्कासन गर्न सक्छ र यसलाईनै एफपीओ भनिन्छ ।  यो निष्कासन गर्नका मुख्य कारण संगठित संस्थाले आफ्नो व्यवसाय वृद्धि वा विस्तार गर्न नै हो ।   यसोत कतिपयले भने सूचीकृत कम्पनीको कूल चुक्ता पुँजीको ७० प्रतिशत संस्थापक शेयरधनीको र ३० प्रतिशत सर्वसाधारण शेयरधनीको हुने प्रावधान रहेको हुनाले पनि उक्त अनुपात कायम नभएमा सो पुँजी कायम गर्न कम्पनीहरुले  एफपीओ निष्कासन गर्छन् । अंकित मूल्यमा प्रिमियम थप गरी कम्पनीले एफपीओ निष्कासन गर्ने गर्दछन् । मिर्मिरे लघुवित्तले पनि शेयर संमरचना मिलाउनको लागि एफपीओ निष्कासन गर्न लागेको हो ।   यस कम्पनीको संस्थापकतर्फ ७१ प्रतिशत र सर्वसाधारणतर्फ २९ प्रतिशत शेयर स्वामित्व रहेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा छुट्याउनुपर्ने व्यवस्थाअनुसार एफपीओ जारी गर्न लागेको हो ।  बोर्डको प्रावधान अनुसार  एफपीओ निष्कासन गर्नका लागि कम्पनीले लगातार तीन वर्ष नाफा गरेको, कारोबार शुरु गरेको पाँच वर्ष पुरा भएको, औषतमा क्रेडिट रेटिङ राम्रो पाएको हुनुपर्छ ।   एफपीओका फाइदाहरू भन्नु पर्दा मुख्य रुपमा सूचीकृत कम्पनीहरुले आफ्नो व्यवसाय वृद्धि गर्न आवश्यक पुँजी प्राप्त गर्न सक्छन् । प्रिमियम सहितको मूल्यमा निष्कासन गर्दा प्रिमियम बापत प्राप्त रकम जगेडा कोषमा जाने र सोबाट भविस्यमा बोनस शेयर समेत दिन सक्छन् । एफपीओ मार्फत नयाँ शेयरधनीहरूको प्रवेश हुने र सूचीकृत कम्पनीको साखमा समेत अभिवृद्धि हुने अवस्था रहन्छ ।  यस मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आज देखि अंकित मूल्यमा १ लाख २३ हजार ८१६ दशमलव ४५ कित्ता एफपीओ निष्कासन तथा विक्री खुला गरेको छे । यस एफपीओमा आवेदकले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । एफपीओ निष्कासन बन्द मिती छिटोमा असोज ३० गते र ढिलोमा कात्तिक ९ गते रहेको छ । आवेदकले विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गसँगै धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका कार्यलयहरुबाट आवेदन दिन सक्नेछन् । त्यस्तै मेरो शेयर एप मार्फत पनि एफपीओमा आवेदन दिन सक्नेछन् ।   

सम्बन्धित सामग्री

मिर्मिरे लघुवित्तको एफपीओ सूचीकृत

काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ सूचीकृत भएको छ । कम्पनीको  १ लाख २३ हजार ८१६ दशमलव ४५ कित्ता शेयर सूचीकृत भएको हो। कम्पनीले असोज २५ गतेदेखि ३० गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६ दशमलव ४५ कित्ता एफपीओ निष्कासन गरेको थियो । सोही शेयर आज अर्थात सोमवार नेप्सेमा सूचीकृत भएको हो ।

मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँट

१६ कात्तिक, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङले एक कार्यक्रमका बीच एफपीओ बाँडफाँट गरेको हो । कुल १२ हजार ३८१ जनाले कम्पनीको एफपीओ पाएका छन् । यीमध्ये ६ जनाले कुल ११-११ कित्ताका दरले एफपीओ पाएका छन् भने बाँकीले १०-१० कित्ताका दरले पाएको मर्चेन्ट बैंकिङले जनाएको […]

मिर्मिरे लघुवित्तको एफपीओ खरीद गर्ने अन्तिम दिन आज

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज २५ गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको थप सार्वजनिक निष्कासन (एफपीओ) खरीद गर्ने आज अन्तिम दिन रहेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न कम्पनीले एफपीओ जारी गरेको हो । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छिटो अवधि असोज ३० गतेसम्म मात्र एफपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको १ लाख २३ हजार ८१६ दशमलव ४५ कित्ता एफपीओ निष्कासन गरेको हो । कम्पनीको एफपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था ईक्रा नेपालले वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम ईक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । कम्पनीको एफपीओ निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ । हाल कम्पनीको चुक्ता पूँजी ६६ करोड ५७ लाख ६४ हजार छ । संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व छ ।

असोज २५ गतेदेखि एफपीओ निष्कासन गर्दै मिर्मिरे लघुवित्त

काठमाडौं- मिर्मिरे लघुवित्तले असोज २५ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने भएको छ। लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको एफपीओ निष्कासन गर्न लागेको हो। कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँमा १ लाख २३ हजार ८१६ कित्ता एफपीओ जारी गर्न लागेको हो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम […]

मिर्मिरे लघुवित्तले एफपीओ निष्कासन गर्न सेबोनबाट पायो स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एफपीओ निष्कासन गर्न स्वीकृति दिएको छ । सेबोनले कम्पनीलाई १ लाख २३ हजार ८१६ कित्ता एफपीओ निष्कासन गर्न असोज ४ गते स्वीकृति दिएको हो । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड छ । कम्पनीले अंकित मूल्यमा एफपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले एफपीओ निष्कासन गर्न निवेदन दिएको करीब २ वर्षपछि स्वीकृति पाएको छ । कम्पनीले २०७८ कात्तिक २३ गते एफपीओ निष्कासन गर्न निवेदन दिएको थियो ।  कम्पनीले शेयर संरचना मिलाउनका लागि एफपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको शेयर संरचना हाल संस्थापकको ७१ प्रतिशत र सर्वसाधारणको २९ प्रतिशत छ ।

मिर्मिरेले वुद्ध ज्योति लघुवित्तलाई गाभ्ने

काठमाडौँ – मिर्मिरे लघुवित्त वित्तीय संस्थाले वुद्ध ज्योति लघुवित्त वित्तीय संस्थालाई एक्वायर (गाभ्ने) गर्ने भएको छ। दुवै कम्पनीको गाभ्ने-गाभिने प्रस्ताव पारित गर्न आज विशेष साधारण सभा बस्दैछ। दुवैले सभाको विशेष प्रस्तावका रुपमा डीडीएका आधारमा स्वाप रेसियो पारित गर्ने, एक्वयारपछि कायम पुँजीका आधारमा प्रिमियममा एफपीओ निष्कासन गर्ने लगायतका एजेन्डा राखेका छन्। यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली […]

पूँजी संरचना मिलाउन एफपीओ निष्कासन गर्दै तीन लघुवित्त

फागुन २६, काठमाडौं । पूँजी संरचना मिलाउन तीनओटा लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने भएको छन् । नेप्सेमा सूचीकृत कम्पनीले सूचीकृत नभएको कम्पनीलाई मर्ज तथा प्राप्ति गरेपछि शेयर संरचना मिलाउनका लागि एफपीओ निष्कासन गर्न लागेका हुन् ।  जसमा किसान लघुवित्त वित्तीय संस्था, नयाँ सारथी लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । निवेदन दिएका तीन कम्पनीले बोर्डबाट स्वीकृति पाएपछि मात्र एफपीओ निष्कासन गर्नेछन् ।  तीन कम्पनीमध्ये सबैभन्दा बढी किसान लघुवित्तले एफपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको छ । यो कम्पनीले प्रतिकित्ता रू. १२५ मा १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले उक्त एफपीओ निष्कासनका लागि बोर्डमा गत असार २९ गते निवेदन दिएको हो । एनआरएन लघुवित्त वित्तीय संस्थाले दिब्य लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थालाई गाभेपछि एनआरएन लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार शुरु भएको थियो । पछि कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार नाम परिवर्तन गरी किसान लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्दै आएको छ ।  त्यसैगरी नयाँ सारथि लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. ११६ मा  ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्कासन गर्नका लागि गत भदौ ९ गते बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।  नयाँ नेपाल लघुवित्त वित्तीय संस्था र सारथी लघुवित्त वित्तीय संस्था बिच एक आपसमा गाभिएसँगै बनेको नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने तयारीमा रहेको हो ।  त्यसैगरी मिर्मिरे लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. १७७ दशलमव ८ मा ५१ हजार ३१६  कित्ता एफपीओ निष्कासन गर्न कात्तिक २३ गते निवेदन दिएको छ । यस कम्पनीले निष्कासन गर्न लागेको एफपीओको विक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । यस कम्पनीले नागबेली लघुवित्त वित्तीय संस्था र स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरिसकेको छ ।

मिर्मिरे लघुवित्तले एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

मंसिर १, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले एफपीओ निष्कासनका लागि अनुमति माग्दै गत कार्तिक २३ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीले प्रतिकित्ता १७७ दशमलव ८० रुपैयाँका दरले ९१ लख २३ हजार ९८४ दशमलव ८० रुपैयाँ बराबरको ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्नेछ । कम्पनीको एफपीओ निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग रहेको छ । कम्पनीले इक्रा नेपालमा रेटिङ गराइसकेको छ ।कम्पनीले निष्कासन गर्ने एफपीओलाई इक्रा नेपालले इक्राएनपी इस्यूआर बीबी रेटिङ प्रदान गरेको छ ।यस्तो रेटिङले कम्पनीको आधारभुत पक्ष मध्य रहेको देखाउँछ । साथै कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको भन्ने पनि देखाउँछ ।  नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि कम्पनीले एफपीओ निष्कासन गर्नेछ । कम्पनीले नागबेली लघुवित्त वित्तीय संस्था र स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरिसकेको छ ।  स्वेडा लघुवित्त दोस्रो बजारमा सूचीकृत कम्पनी भने होइन । सूचीकृत कम्पनीले सूचीकृत नभएको कम्पनीलाई प्राप्ति गरेपश्चात शेयर संरचना मिलाउनको लागि एफपीओ निष्कासन गर्नु पर्ने कानूनी प्रावधान रहेको छ । यो पनि हेर्नुस् : पहिलो त्रैमासमा मिर्मिरे लघुवित्तको नाफा १९३% बढ्यो मिर्मिरे लघुवित्त वित्तीय संस्था [ चौथो त्रैमासिक वित्तीय अवस्था तथा प्राविधिक विश्लेषण ] ९८ % कम प्रोभिजन छुट्याउँदा मिर्मिरे लघुवित्तको नाफा करीब ६ गुणाले वृद्धि मिर्मिरे लघुवित्तको एफपीओ निष्कासन प्रक्रिया शुरु, इक्रा नेपालमा रेटिङ सम्पन्न

मिर्मिरे लघुवित्तले ५१३१६ कित्ता एफपीओ निष्कासन गर्ने

जेठ २६, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले यसअघि कम्पनीले ३७ हजार २६० कित्ता एफपीओ निष्कासन गर्ने जानकारी गराएकोमा बढाएर ५१ हजार ३१६ कित्ता निष्कासन गर्ने जानकारी नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।  एफपीओ निष्कासन सम्बन्धी कार्य यसअघि नै नेपाल एसबिआई मर्चेण्ट बैंकिङसँग सम्झौता गरिसकेको छ । तसर्थ कम्पनीको एफपीओको विक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्टले गर्नेछ ।