पूँजी संरचना मिलाउन एफपीओ निष्कासन गर्दै तीन लघुवित्त

फागुन २६, काठमाडौं । पूँजी संरचना मिलाउन तीनओटा लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने भएको छन् । नेप्सेमा सूचीकृत कम्पनीले सूचीकृत नभएको कम्पनीलाई मर्ज तथा प्राप्ति गरेपछि शेयर संरचना मिलाउनका लागि एफपीओ निष्कासन गर्न लागेका हुन् ।  जसमा किसान लघुवित्त वित्तीय संस्था, नयाँ सारथी लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । निवेदन दिएका तीन कम्पनीले बोर्डबाट स्वीकृति पाएपछि मात्र एफपीओ निष्कासन गर्नेछन् ।  तीन कम्पनीमध्ये सबैभन्दा बढी किसान लघुवित्तले एफपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको छ । यो कम्पनीले प्रतिकित्ता रू. १२५ मा १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले उक्त एफपीओ निष्कासनका लागि बोर्डमा गत असार २९ गते निवेदन दिएको हो । एनआरएन लघुवित्त वित्तीय संस्थाले दिब्य लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थालाई गाभेपछि एनआरएन लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार शुरु भएको थियो । पछि कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार नाम परिवर्तन गरी किसान लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्दै आएको छ ।  त्यसैगरी नयाँ सारथि लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. ११६ मा  ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्कासन गर्नका लागि गत भदौ ९ गते बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।  नयाँ नेपाल लघुवित्त वित्तीय संस्था र सारथी लघुवित्त वित्तीय संस्था बिच एक आपसमा गाभिएसँगै बनेको नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने तयारीमा रहेको हो ।  त्यसैगरी मिर्मिरे लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. १७७ दशलमव ८ मा ५१ हजार ३१६  कित्ता एफपीओ निष्कासन गर्न कात्तिक २३ गते निवेदन दिएको छ । यस कम्पनीले निष्कासन गर्न लागेको एफपीओको विक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । यस कम्पनीले नागबेली लघुवित्त वित्तीय संस्था र स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरिसकेको छ । 

सम्बन्धित सामग्री

असोज २५ गतेदेखि एफपीओ निष्कासन गर्दै मिर्मिरे लघुवित्त

काठमाडौं- मिर्मिरे लघुवित्तले असोज २५ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने भएको छ। लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको एफपीओ निष्कासन गर्न लागेको हो। कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँमा १ लाख २३ हजार ८१६ कित्ता एफपीओ जारी गर्न लागेको हो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम […]

आइपिओ निष्कासन गर्दै आत्मनिर्भर लघुवित्त

काठमाडौँ,६ माघ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुला गर्ने भएको हो । जारी पुँजी अन्र्तगत रु छ करोड २३ लाख ३८ हजारको ३२ दशमलव ६२५ प्रतिशत अर्थात् रु दुई […]

खप्तड लघुवित्त आईपीओ खुल्यो

८ भदौ, काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ भदौ बुधबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । लघुवित्तले हाल कायम जारी पुँजी ४ करोड रुपैयाँको ३३ प्रतिशत सार्वजनिक निष्कासन गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा एक करोड ३२ लाख रुपैयाँ बराबरको एक लाख […]

१५ भदौदेखि आईपीओ निष्कासन गर्दै श्रृजनशील लघुवित्त

७ भदौ, काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ भदौ देखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । लघुवित्तले हाल कायम जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशत सार्वजनिक निष्कासन गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ९३ […]

१५ गतेदेखि आईपीओ निष्कासन गर्दै श्रृजनशील लघुवित्त

७ भदौ, काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ भदौदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । लघुवित्तले हाल कायम जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशत सार्वजनिक निष्कासन गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ९३ लाख […]

आईपीओ निष्कासन गर्दै खप्तड लघुवित्त

३० साउन, काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ भदौ देखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । लघुवित्तले हाल कायम जारी पूँजी ४ करोड रुपैयाँको ३३ प्रतिशत सार्वजनिक निष्कासन गर्न लागेको हो । कम्पनीले नेपाल धितोबा बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ३२ लाख रुपैयाँ बराबरको १ […]

धौलागिरी लघुवित्त वित्तीय संस्थाले सार्वजनिक शेयर निष्कासन गर्दै

बागलुङस्थित केन्द्रीय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्थाले साउन २४ गतेदेखि सार्वजनिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । जसको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल छ ।

खप्तड लघुवित्त र इष्टर्न हाइड्रोले पाए आईपीओ निष्कासन गर्ने अनुमति

काठमाडौँ – नेपाल धितोपत्र बोर्डबाट थप दुई कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएका छन् । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति पाएका हुन् । खप्तडले सर्वसाधारणलाई प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १ करोड ३२ लाख रूपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्न […]

सीवाईसी नेपाल लघुवित्तको शेयर निष्कासन हुने

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको शेयर २ वैशाखमा निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

आईपीओ निष्कासन गर्दै राष्ट्र उत्थान लघुवित्त

काठमाडौँ – काभ्रेपलाञ्चोकको साँगामा केन्द्रीय कार्यालय रहेको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ४ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ। संस्थाले आव २०७८/०७९ को दोस्रो त्रैमाससम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आकर्षक प्रगति हासिल गरेको छ। संस्थाले खुद मुनाफमा १४८ प्रतिशत, रिजर्भमा ७९ प्रतिशत, कर्जा लगानीमा ६४ प्रतिशत, खुद व्याज आम्दानीमा ५७ […]