काठमाडौं । चितवनमा आउँदो शनिबार राष्ट्रिय मुटु तथा फोक्सो रोग सम्मेलन हुने भएको छ । राष्ट्रिय मुटु तथा फोक्सो रोग समाजको आयोजनामा नेपालमा पहिलोपटक सो सम्मेलन हुन लागेको हो ।
मुटु तथा फोक्सो रोगको उपचारमा नयाँ प्रविधिको खोज अनुसन्धान तथा उपलब्धिबारे छलफल गर्नु र सहभागीका अनुभवहरू आदानप्रदान गर्नु सम्मेलनको उद्देश्य रहेको...