चुनढुंगा भ्रष्टाचार मुद्दाको फैसला विरुद्ध अख्तियार सर्वोच्चमा

६ पुस, काठमाडौं । चुनढुंगा उत्खननको भ्रष्टाचार मुद्दामा सफाइ पाएका आरोपितहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत गएको छ । अनुमति पत्रमा तोकिएभन्दा बढी चुनढुंगा निकालेका सिमेन्ट उद्योगहरुसँग राजस्व असुल नगरेर भ्रष्टाचार गरेको आरोप लागेका १८ जनालाई विशेष अदालतले गत चैतमा सफाइ दिएको थियो । राज्यकोषमा ठूलो रकम नोक्सानी हुँदा र उनीहरु त्यसको निर्णय […]

सम्बन्धित सामग्री

ललितानिवास जग्गा हिनामिनाको फैसला बिहीवार हुने, मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ : बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको अभियोगमा दर्ता भएको मुद्दा बुधवार पनि हेर्दाहेर्दैमा परेको छ।आजै फैसला सुनाउने तयारी गरेको विशेष अदालत काठमाडौँले फैसला लेख्दालेख्दै रात परेपछि मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखेको अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले बताए। उनका अनुसार भोलि फैसला सुनाइनेछ।निरन्तर २२ दिन बहस भएपछि अब मुद्दाको फैसला हुन लागेको हो।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्

एक वर्षमा १४८ वटा भ्रष्टाचार मुद्दाको फैसला

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेकामध्ये आर्थिक वर्ष २०७८/७९ मा १४८ वटा मुद्दाको फैसला भएको छ। फैसला भएका मुद्दामध्ये ५७ वटा अर्थात् ३८.५ प्रतिशत फैसलाहरुमा भ्रष्टाचारजन्य कसुर कायम भएको अख्तियारले जनाएको छ। अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा कुल ११३ मुद्दाको फैसला हुँदा ८१ मुद्दा (७१.६८ प्रतिशत)मा आयोगलाई सफलता मिलेको थियो। ‘सर्वोच्च […]

विशेष अदालतबाट ८८ प्रतिशतले पाए सफाइ

काठमाडौं: विशेष अदालत काठमाडौंमा सुनुवाई भएको अधिकांश मुद्दाका प्रतिवादीले सफाइ पाएका छन्। गत आर्थिक वर्ष २०७८/७९ मा गरेको फैसलामा करिब ८८ प्रतिशतले सफाइ पाएका हुन्। सो आर्थिक वर्षमा विशेष अदालतले ३३८ मुद्दाको फैसला गरेको थियो। जसमा २९५ मुद्दामा सफाई दिएको अदालतको तथ्यांकमा उल्लेख छ। अदालतले ४२ मुद्दामा दोषी ठहर गरेको छ भने २० मुद्दामा आंशिक ठहर गरेको छ। विशेष अदालतमा विशेषतः अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागले नीतिगत भ्रष्टाचार सम्बन्धी मुद्दाहरु दर्ता गर्छन्

५ लाख घुससहित पक्राउ परेका मालपोत अधिकृतविरुद्ध मुद्दा दायर

५ लाख घुससहित पक्राउ परेका धनुषास्थित भूमिसुधार तथा मालपोत कार्यालयका निमित्त कार्यालय प्रमुख (मालपोत अधिकृत ) सुनिल कुमार झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।  जग्गा सम्बन्धी हक सफा मुद्दाको फैसला सुनाए वापत सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनलाई चैत २८ गते पक्राउ गरेको थियो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)को कसुर देखिएकाले विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियार प्रव