विशेष अदालतबाट ८८ प्रतिशतले पाए सफाइ

काठमाडौं: विशेष अदालत काठमाडौंमा सुनुवाई भएको अधिकांश मुद्दाका प्रतिवादीले सफाइ पाएका छन्। गत आर्थिक वर्ष २०७८/७९ मा गरेको फैसलामा करिब ८८ प्रतिशतले सफाइ पाएका हुन्। सो आर्थिक वर्षमा विशेष अदालतले ३३८ मुद्दाको फैसला गरेको थियो। जसमा २९५ मुद्दामा सफाई दिएको अदालतको तथ्यांकमा उल्लेख छ। अदालतले ४२ मुद्दामा दोषी ठहर गरेको छ भने २० मुद्दामा आंशिक ठहर गरेको छ। विशेष अदालतमा विशेषतः अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागले नीतिगत भ्रष्टाचार सम्बन्धी मुद्दाहरु दर्ता गर्छन्