५ लाख घुससहित पक्राउ परेका धनुषास्थित भूमिसुधार तथा मालपोत कार्यालयका निमित्त कार्यालय प्रमुख (मालपोत अधिकृत ) सुनिल कुमार झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । जग्गा सम्बन्धी हक सफा मुद्दाको फैसला सुनाए वापत सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनलाई चैत २८ गते पक्राउ गरेको थियो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)को कसुर देखिएकाले विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियार प्रव