काठमाडौँ : बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको अभियोगमा दर्ता भएको मुद्दा बुधवार पनि हेर्दाहेर्दैमा परेको छ।आजै फैसला सुनाउने तयारी गरेको विशेष अदालत काठमाडौँले फैसला लेख्दालेख्दै रात परेपछि मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखेको अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले बताए। उनका अनुसार भोलि फैसला सुनाइनेछ।निरन्तर २२ दिन बहस भएपछि अब मुद्दाको फैसला हुन लागेको हो।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्