काठमाडौं। सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एकै परिवारका ११ जनालाई कोरोना संक्रमण देखिएको छ। नगरपालिकाको वडा नं ३ स्थित तरहीकी ९५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि उनको परिवारका अन्य सदस्यमा परीक्षणका क्रममा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ।