सर्लाही : हरिवन नगरपालिकामा एकै परिवारका १४ जनामा कोरोना संक्रमण देखिएको छ।नगरपालिका-७, घुर्कौलीस्थित एकै परिवारमा ५१ वर्षीय हजुरबुबादेखि ९ वर्षीया नातिनीसम्म गरी १४ जना संक्रमित भएका हुन्। उक्त वडामा हालसम्म जम्मा १५ जना मात्र संक्रमित देखिएकामा एकै परिवारका १४ जनालाई पोजेटिभ देखिएको हो।वडाध्यक्ष नेत्रप्रसाद मैनालीले घुर्कौलीको कुशवाहा टोलका एकै परिवारमा १४ जना कोरोना संक्रमण देखिएको जानकारी दिएका छन्। शुरूमा वैशाख २९ गते परीक्षण गराउँदा ५१ वर्षीय पुरुषका भाइ-बुहारीमा कोरोना पोज