जबरजस्ती करणीको अभियोग लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई सफाई दिने फैसला नमिलेको भन्दै पुनः मुद्दा दर्ता गरी फैसला गर्न उच्च अदालतले आदेश दिएको छ । मंगलबार उच्च अदालत विराटनगरका न्यायाधीशद्वय सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले पूरै प्रमाण बुझेर सो मुद्दाको पुनः सुनुवाई गरी फैसला गर्न आदेश दिएको हो । बलात्कारको अभियोग लागेका सिद्धबाबालाई जिल्ला अदालत सुनसरीले अभियोग दावी नपुग्ने भन्दै २०७७ मंसिर २२ गते सफाई दिएको थियो । तत्कालीन जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरा