तारा एअरको जहाज खोज्न सेनाको हेलिकप्टर मुस्ताङ पुग्यो, मौसममा केही सुधार

कास्की – पोखराबाट मुस्ताङका लागि उडेर सम्पर्कविहीन भएको तारा एअरको जहाज खोज्न काठमाण्डौबाट नेपाली सेनाको हेलिकप्टर मुस्ताङ पुगेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सेनाको हेलिकप्टर मुस्ताङ आइसकेको र फिस्टेलको हेलिकप्टर पनि केहीबेरमा खोजीमा परिचालन हुने उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । मौसममा केही सुधार आएकाले दुई वटै हेलिकप्टर सम्भावित दुर्घटनास्थलमा खोजीका लागि परिचालन हुने उहाँको भनाइ छ । आज बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एअरको जहा...

सम्बन्धित सामग्री

करिब दुई महिनापछि जोमसोम विमानस्थलमा पुग्यो जहाज

पर्वत : मौसममा आएको खराबी तथा त्यस अगाडि भएको जहाज दुर्घटनाका कारण जहाज उडान स्थगित भएको मुस्ताङको जोमसोम विमानस्थलमा ५४ दिनपछि जहाज अवतरण गरेको छ।विमानस्थलका प्रमुख पुष्कलराज शर्माका अनुसार गत असार सात गते अन्तिमपटक जहाजको उडान भएको विमानस्थलमा सोमबार १७ जना यात्रु बोकेको समिट एयरको जहाज अवतरण गरेको छ।मौसममा सुधार आएसँगै सोमबार बिहान सवा नौ बजे समिट एयरको जहाजमार्फत ११ जना विदेशी र ६ जना नेपाली जोमसोम विमानस्थलमा अवतरण गरेका हुन्।अहिलेसम्मको अवस्थामा मौसममा राम्रो सुधार आएको र अब मुस्ताङ घुम्ने

पोखराबाट मुक्तिनाथ उडेको हेलिकप्टर बागलुङमा आकस्मिक अवतरण

बागलुङ : मुक्तिनाथ दर्शनका लागि पोखराबाट उडेको सिम्रिक एयरको हेलिकप्टर मौसममा आएको खराबीका कारण बागलुङमा आकस्मिक अवतरण गरेको छ।मुक्तिनाथ दर्शनका लागि मुस्ताङ उडेको हेलिकप्टर बागलुङ बजारको धौलागिरी क्याम्पसमा आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए।हेलिकप्टरमा एक बालकसहित ६ जना यात्रु छन्। मौसममा आएको खराबीका कारण हेलिकप्टरले आकस्मिक अवतरण गरेको हो। मौसममा सुधार आएपछि हेलिकप्टर गन्तव्यतर्फ लाग्नेछ भने मौसममा सुधार

च्यांग्राको भुवा संकलन र प्रशोधन गर्न मुस्ताङमा भित्रियो नयाँ प्रविधि

वैशाख १९, म्याग्दी । मुस्ताङमा पश्मिना बनाउने कच्चापदार्थ भुवा (च्यांग्राको ऊन) संकलन र प्रशोधन गर्ने नयाँ सीप र प्रविधि भित्र्याइएको छ । नेपाल पश्मिना उद्योग संघद्वारा विश्व व्यापार संगठन र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको समन्वयमा काजिकिस्तानको प्रविधि र सीप भित्र्याइएको  हो ।  च्याङग्रापालन र भुवा संकलनलाई आधुनिक र व्यवस्थित बनाइ गुणस्तर सुधार गर्न विदेशी सीपसहितको तालिम सञ्चालन गरिएको संघले जानकारी दिएको छ । संघका उपाध्यक्ष धनप्रसाद लामिछानेले च्यांग्राको शरीरबाट भुवा निकाल्ने काइयो भित्र्याएर त्यसको प्रयोगका विषयमा मुस्ताङका किसानलाई तालिम सञ्चालन गरिएको जानकारी दिए ।  ‘नेपालमा अहिलेसम्म परम्परागत तरिकाले ऊन निकाल्ने चलन थियो’, उनले भने ‘काजिकिस्तानबाट प्रशिक्षक बोलाएर ऊन निकाल्ने सीप र प्रविधि भित्र्याएका हौँ ।’ च्यांग्राको स्वास्थ्यमा असर नपर्ने गरेर ऊन निकाल्न मिल्ने काइयो नेपालमै पहिलो पटक मुस्ताङमा भित्र्याइएको उनले बताए ।  सो काइयोको प्रयोगबाट ऊन निकाल्ने सीप सिकाउन लोमान्थाङमा ३५ जनालाई काजिकिस्तानका सविरले प्रशिक्षक प्रशिक्षण दिनुभएको छ । तालिम लिएका किसानसहितको टोलीले लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाको सात स्थानमा २५ देखि ३० किसानलाई तालिम सञ्चालन गरेका छन् । सो तालिममा मनाङका दुई किसानसमेतको सहभागिता थियो । तालिमका सहभागी किसानलाई नयाँ प्रविधिमार्फत ऊन निकाल्ने काइयो वितरण गर्ने तयारी छ । संघले मङ्गोलिया र चीनबाट ल्याउने पश्मिनाको कच्चापदार्थको आयात घटाएर आत्मनिर्भर बन्नका लागि मुस्ताङ, डोल्पा र मनाङको ऊन प्रशोधन गरेर पश्मिना बनाउने धागो उत्पादन गर्न काठमाडौंमा नेपाल फाइबर प्रोसेसिङ उद्योगसमेत सञ्चालनमा ल्याएको छ ।  मुस्ताङको चराङमा संकलन केन्द्र खोलेर डोल्पाको समेत रू. एक करोड २५ लाख मूल्य बराबरको दुई हजार ८०० किलो ऊन खरीद गरिएको छ । सीप र प्रविधि भित्रिएपछि मुस्ताङमा वार्षिक दश हजार किलो ऊन संकलन गर्न सकिने लोमान्थाङका किसान एवम् नेपाल फाइवर प्रोसेसिङ उद्योगका सञ्चालक छिरिङ वाङ्दी गुरुङले बताए ।   उद्योगले मुस्ताङको लोमान्थाङमा जग्गा भाडामा लिएर ऊन सङ«कलन केन्द्र निर्माण थालेको छ । केन्द्र तथा स्थानीयद्वारा भुवा उत्पादनबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे, सहसचिव गोविन्दबहादुर कार्की, विश्व व्यापार संगठनका नेपाल प्रमुख माथियाज नाप्के, निर्देशक डा विदुर घिमिरे, नेपाल व्यापार प्रवर्द्धन केन्द्रका निमित्त निर्देशक सुयस खनाल, नेपाल पश्मिना उद्योग संघका अध्यक्ष विजयकुमार दुगडको टोलीले आइतवार अनुगमन गरेको थियो ।  नेपालबाट विदेश निर्यात हुने प्रमुख वस्तु पश्मिना बनाउन च्याङग्राको ऊन प्रशोधन गरेर बनाएको धागो कच्चापदार्थको रुपमा प्रयोग हुन्छ । संघका अनुसार नेपालबाट वार्षिक रू. तीन अर्बको पश्मिना निर्यात हुन्छ भने वार्षिक १९५ टन पश्मिना बनाउन आवश्यकपर्ने भुवाको धागो आयात हुन्छ ।  विदेशबाट कच्चापदार्थ आयात घटाउन मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्लालगायत जिल्लाका किसानबाट च्यांग्राको भुवा खरीद गर्न थालिएको पश्मिना व्यवसायी भीमप्रसाद शेरचनले बताए । मुस्ताङको मात्र भुवा प्रशोधन गर्न सकेमा ३० प्रतिशत भुवाको धागो आयात घट्ने उनले बताए । बजारको सुनिश्चितता नभएकाले मुस्ताङका किसानले यसअघि ऊन निकाल्ने गरेका थिएनन् । यसअघि च्यांग्राको शरीरबाटै ऊन झरेर खेर जाने गरेको थियो ।  ३० प्रतिशतको हाराहारीमा ऊन निकाले पनि बजार नपाउने समस्या थियो । तिब्बती सीमा कोरला नाकामा अन्तरदेशीय व्यापार मेला हुँदा चिनियाँ व्यापारीले सामानसँग ऊन साटेर लैजाने गर्छन् ।  कोरोनाका कारण पछिल्लो दुई वर्षयता व्यापार मेला नहुँदा करोडौँ मूल्यको ऊन विक्री हुनसकेको थिएन । प्रतिकिलो अप्रशोधित ऊनको सदरदर मूल्य रू. चार हजार ५०० मा खरीद गर्ने संघले जानकारी दिएको छ । वैशाख–जेठ महीना च्याङग्राको शरीरबाट ऊन निकाल्ने याम हो । मासुका लागि प्रसिद्ध हिमाली च्यांग्राको छाला र मल पनि विक्री हुन्छ ।  च्यांग्राको ऊन पश्मिनाका लागि (क) श्रेणीको कच्चापदार्थ हो । भेडा र चांैरीको तुलनामा च्यांग्राको ऊनलाई गुणस्तरीय मानिएको छ । मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायतका ठाउँका किसानले ५२ हजार च्याङग्रा पालेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जानकारी दिएको छ । रासस

मुस्ताङ : चाँदी जस्तै हिउँमा घाम लागेपछि (फोटो फिचर)

पर्वत : यसै त सबैको मन लोभ्याउने मुस्ताङको दृश्य, त्यसमा पनि हिउँ परेको सतहमा बिहानी घामको झुल्को।मुस्ताङमा मङ्गलबार दिउँसोदेखि बुधवार साँझसम्म लगातार हिउँ परिरहेको थियो।तर, बिहीबार बिहानबाट भने मौसममा सुधार आएसँगै आकाश खुलेको छ। जमीनको सतहमा चाँदीको लेप लगाएको जस्तो देखिएको दृश्यमा उज्यालिएको मौसमले झनै लोभ लाग्दो दृश्य देखिएको छ।फोटोमा मुस्ताङतस्वीर : छेप्तेन गुरुङ

बेनी–मालढुंगा सडक दैनिक पाँच घण्टा बन्द हुने

म्याग्दी (अस) । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी सडक दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतमा आइतवार बसेको सरोकारवालाहरूको बैठकले सो सडकको स्तरोन्नति सहज बनाउन पुस १५ गतेदेखि माघ १४ गतेसम्म सवारीसाधनको आवतजावत आंशिक बन्द गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको अध्यक्षतामा बसेको बैठकले सो अवधिमा बिहान १०ः३० देखि दिउँसो ३ः३० बजेसम्म यातायात बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले बताएको छ । सवारीसाधनको चापले सडक विस्तारको काम प्रभावित बनेपछि आयोजना र निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले जिल्ला प्रशासन कार्यालयमा समय व्यवस्थापनको प्रस्ताव गरेर पत्राचार गरेका थिए । बैठकले सवारीसाधनको आवतजावत बन्द गरिएको अवधिमा सवारीसाधनको डाइभर्सन र व्यवस्थापनका लागि सुरक्षा निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ । एम्बुलेन्स र अत्यावश्यक प्रयोजनका सवारीसाधन सञ्चालनमा भने सहजीकरण गरिने भएको छ । मालढुंगा–बेनी सडक बन्द भएको समयमा बेनी–रत्नेचौर–बागलुङ हुँदै मालढुंगा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ । एपेक्स–खड्का कृष्ण जेभीको सहायक ठेकेदार कम्पनी ओमकारेश्वरका सञ्चालक अमृत दाहालले हिउँदको समय अनुकूल भएकाले सडक विस्तार तीव्र बनाउन सवारीसाधन रोकेर काम गर्न लागिएको बताए । कुश्मा नगरपालिका–१ मा पर्ने मालढुंगादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक विस्तार, सुधार गरी दुई लेनको बनाउन लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले बताएको छ । मालढुंगा–बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी कोरिडोर अन्तर्गत पर्छ । २०७७ चैतमा ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले विभिन्न खण्डमा मजदूर र उपकरण परिचालन गरेर सडक विस्तार, पर्खाल र नाली निर्माण गरिरहेको छ । हाल कालोपत्रसहित करिब ६ मिटर चौडा सडकलाई ९ मिटर फराकिलोे बनाइँदै छ । सडकमा अमेरिकी अस्फाल्ट प्रविधिको कालोपत्र गरिनेछ । मालढुंगा–बेनी सडकको निर्माण २०४८ सालमा ‘कामका लागि खाद्यान्न’ कार्यक्रम अन्तर्गत शुरू भएर २०५२ सालमा सञ्चालनमा आएको थियो । २०६८ सालमा कालोपत्र भएको यो सडक पछिल्लो समय जीर्ण बनेको थियो । सहायक सडक र पाखोबाट खस्ने पहिरो तथा खोलामा आउने बाढीले सवारीसाधनको आवतजावत प्रभावित हुने गरेको छ । म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने उक्त सडक पर्यटकीय, व्यापारिक र धार्मिक हिसाबले समेत महत्त्वपूर्ण रहेको छ ।

मालढुंगा–बेनी सडक स्तरोन्नति

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी सडक स्तरोन्नति गरेर दुई लेनको बनाइने भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ मा पर्ने मालढुंगादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दी सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक विस्तार, सुधार गरी दुई लेनको बनाउन लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले बताएको छ । मालढुंगा–बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी कोरिडोरअन्तर्गत पर्छ । विसं २०७७ चैतमा ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको एपेक्स–खड्का–कृष्ण जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनले प्रारम्भिक चरणको काम शुरू गरेको सञ्चालक अमृत दाहालले बताए । ‘हाल कालोपत्र सहित करिब ६ मिटरको हाराहारीमा रहेको सडकलाई ९ मिटर चाक्लो बनाएर एक मिटरको नाली र २ लेनमा आठ मिटर चौडाइका दरले अमेरिकी अस्फाल्ट प्रविधिको कालोपत्र गर्न लागिएको हो,’ उनले भने, ‘सडकको डिल र कुनातर्फ पर्खाल निर्माण गर्ने योजना छ ।’ मुस्ताङको कोरला नाकादेखि दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत बेनीदेखि कोरल्ला, मालढुंगादेखि बागलुङ र पर्वत दुवैतर्फबाट समानान्तर रूपमा काम भइरहेको छ । बागलुङ र पर्वतमध्ये कुन जिल्लाको सडकलाई कोरिडोरमा समावेश गर्ने भन्ने लामो समयदेखिको अन्योल गतवर्ष हटेपछि पर्वतबाट निर्माण हुन लागेको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले बताए । २०४८ सालमा ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत शुरू गरेर २०५२ मा मार्ग खुलेको र २०६८ मा कालोपत्र भएको मालढुंगा–बेनी सडक पछिल्लो समय जीर्ण अवस्थामा थियो । सहायक सडक र पाखोबाट खस्ने पहिरो तथा खोलामा आउने बाढीले सवारीसाधनको आवतजावत प्रभावित हुने गरेको छ । बर्खामा पहिरोले दैनिकजसो अवरुद्ध हुने सडकमा यात्रा गर्दा धेरै समय लाग्ने, गाडी परिवर्तन गर्दा झन्जट हुने, दुर्घटनाको जोखिम र सास्ती भएको धाइरिङका हरि आचार्यले बताए । सिंगो म्याग्दी र मुस्ताङ जिल्लाको साथ पर्वतको जलजला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने यो सडक पर्यटकीय, व्यापारिक र धार्मिक हिसाबले सम्भावनायुक्त छ । रासस

जिम्मेवार भूमिका (सम्पादकीय)

कोभिड–१९ (कोरोना) महामारी तत्काल नियन्त्रणको छाँटकाँट देखिएको छैन । डढेलोजस्तै फैलिएको छ । असारभर अवस्था यस्तै चुनौतीपूर्ण रहन सक्ने अनुमान सम्बद्ध विज्ञले गरेका छन् । विज्ञका अनुसार यसको फैलावट रोक्ने प्रभावकारी उपाय भनेकै सङ्क्रमण फैलावटको शृङ्खला खण्डित (चेन ब्रेक) हो । त्यसका लागि विभिन्न जिल्ला तथा क्षेत्रको अवस्था हेरेर स्थानीय प्रशासनमार्फत पूरै वा आंशिक भागमा निषेधाज्ञा गरिएको छ । सामाजिक अन्तक्र्रिया सीमित गरेर महामारी फैलावट रोक्न सकिने भएकाले प्राथमिक उपायका रूपमा निषेधाज्ञा गरिएको छ । वैशाख पहिलो हप्तादेखि आजसम्मको करिब एक महिने अवधिमा मुलुकका अधिकांश जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । हालसम्म ७३ जिल्लामा पूर्ण वा आंशिक जारी गरिएको निषेधाज्ञा मनाङ, मुस्ताङ, तेह्रथुम र खोटाङमा मात्र लगाउनु परेको छैन । यस्तो दृश्यबाट महामारीको सघनता मापन गर्न सकिनेछ । सरकारले निषेधाज्ञासहित नागरिकको स्वास्थ्य उपचारमा विभिन्न कोणबाट काम गरिरहेको देखिन्छ । केही दिन देखिएको अक्सिजन अभाव बिस्तारै नियन्त्रणमा आउँदै गरेको छ । अन्य औषधि तथा स्वास्थ्य सामग्रीको खास समस्या देखिएको छैन । विभिन्न अस्पतालको क्षमता वृद्धि गर्दै कोरोना उपचारमा केन्द्रित गरिएको छ । कतिपय स्थानीय तहले अक्सिजनसहितका अस्पताल वा आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएका छन् । समस्यासँगै महामारी नियन्त्रण तथा उपचारका कदम प्रभावकारी बनाइएको छ तर अवस्थामा अपेक्षाकृत सुधार नआएकाले नागरिक तहबाट पनि महामारी नियन्त्रणमा सहयोग गर्नुपर्ने देखिएको छ ।

जोमसोम विमानस्थलको स्तरोन्नति शुरु

मुस्ताङ । पर्यटकीय तथा हिमाली जिल्ला मुस्ताङको सदरमुकामस्थित जोमसोम विमानस्थल स्तरोन्नतिको काम शुरु भएको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको धावनमार्ग (रनवे) को ग्रेड सुधार र कालोपत्र थप गर्न लागेको हो ...

मनाङ र मुस्ताङका पर्यटन व्यवसायी ट्राउट माछापालनमा

हिमाली जिल्ला मनाङ, मुस्ताङ र सोलुखुम्बुका पर्यटन व्यवसायीले ट्राउट माछा पाल्न थालेका छन्। एशियाली विकास बैंकको सहयोगमा सञ्चालित उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार परियोजनामार्फत ती जिल्लाका किसानले माछा पाल्न थालेका छन्। पर्यटन र स्थानीय आत्मनिर्भरताको उद्देश्यले ट्राउट पालन कार्यक्रम शुरु भएको परियोजनाका निर्देशक विजयकान्त झाले बताए।