मनाङ र मुस्ताङका पर्यटन व्यवसायी ट्राउट माछापालनमा

हिमाली जिल्ला मनाङ, मुस्ताङ र सोलुखुम्बुका पर्यटन व्यवसायीले ट्राउट माछा पाल्न थालेका छन्। एशियाली विकास बैंकको सहयोगमा सञ्चालित उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार परियोजनामार्फत ती जिल्लाका किसानले माछा पाल्न थालेका छन्। पर्यटन र स्थानीय आत्मनिर्भरताको उद्देश्यले ट्राउट पालन कार्यक्रम शुरु भएको परियोजनाका निर्देशक विजयकान्त झाले बताए।

सम्बन्धित सामग्री

हाइअल्टिच्युडमा फुटबल प्रतियोगिता सुरु

२५ भदौ, मनाङ । हिमाली जिल्ला मनाङको लेक लाग्ने (हाइअल्टिच्युड) स्थानमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आजदेखि तिमाङमा सुरु भएको छ । मनाङको चामे गाउँपालिका–१ तिमाङ खेलमैदानमा प्रतियोगिता गरिएको हो । जलवायु परिवर्तनका कारण धेरै समस्या देखा पर्न थालेपछि मनाङका स्थानीयवासीले खेलको माध्यमबाट जनचेतना प्रदान गर्नका लागि मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरेको नमस्ते टुर्सका सञ्चालक एवं पर्यटन व्यवसायी […]

अन्नपूर्ण पदमार्ग सुनसान बन्दा व्यवसायी निराश

मनाङ । विश्व पर्यटन बजारमध्ये एक मानिने चक्रीय अन्नपूर्ण पदमार्ग यतिबेला सुनसान भएसँगै पर्यटन व्यवसायी निराश बन्न थालेका छन् । केहीहप्ता अघिसम्म दैनिक दुई सयभन्दा बढी पर्यटक आउने गरेकामा बर्खा सुरु भएयता ह्वात्तै पर्यटक घटेर पदमार्ग सुनसान बन्दा पर्यटन व्यवसायी निराश बन्न थालेका हुन् । कोरोना सङ्क्रमण र चिसो मौसमपश्चात् फष्टाउन थालेको पर्यटन क्षेत्र पुनः […]

माथिल्लो मनाङमा सञ्चालनमा आयो एटिएम सेवा, आन्तरिक तथा बाह्य पर्यटकलाई सहज

वैशाख १, मनाङ । नेपालको सबैभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रिने मनाङको माथिल्लो क्षेत्रमा एटिएम सेवा सञ्चालनमा आएको छ ।            नयाँ वर्ष २०७९ को शुरुआतसँगै ग्लोबल आइएमई बैंक मनाङ शाखाले पहिलोपटक एटिएम सेवा सञ्चालनमा ल्याएको छ । एटिएम सेवा सञ्चालनमा आएपछि मनाङमा आउने पर्यटकलाई सहज भएको छ । यहाँ आउने पर्यटकलाई सहज बनाउने उद्देश्यले एटिएम सेवा सञ्चालनमा ल्याइएको ग्लोबल आइएमई बैंक मनाङ शाखाका प्रबन्धक सुवासकान्त जोशीले जानकारी दिए ।           मनाङ आउने पर्यटकलाई खल्तीमा पैसा बोक्नुपर्ने समस्या हटाउने उद्देश्यले नै एटिएम सेवा सञ्चालनमा ल्याइएको प्रबन्धक जोशीले बताए । यहाँ एटिएम सेवा सञ्चालनमा आएपछि स्थानीयवासीसमेत हर्षित भएका छन् । पर्यटकीय क्षेत्र भए पनि माथिल्लो मनाङमा हालसम्म एटिएम सेवा सञ्चालन भएको थिएन ।            माथिल्लो मनाङ पुगेका पर्यटकलाई खर्चको अभाव भएपछि फर्केर सदरमुकाम झर्नुपर्ने समस्या टरेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए। उनका अनुसार मनाङको मुख्य आयस्रोत नै पर्यटन हो । विविध समस्या हटेपछि अहिले अन्नपूर्ण सर्किटमा आउने पर्यटक बढ्दै गएको छ । एटिएम सेवा सञ्चालनले पर्यटकलाई सहज बनाएको छ ।       एटिएम सेवा सञ्चालनले मनाङ आउने पर्यटकलाई सहज भएको पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले बताए।        लामो समय मनाङ बस्ने योजनासहित आएका पर्यटकलाई पैसाको अभावमा फर्कनुपर्ने बाध्यता हटेको छ । एटिएम सेवाले पैसाको भारी बोक्नुपर्ने अवस्थाको पनि अन्त्य भएको छ । यसअघि जिल्लामा एउटा मात्रै एटिएम सेवा सञ्चालनमा छ । माथिल्लो मनाङमा भने यो एटिएम सेवा पहिलो पटक हो ।            सदरमुकामभन्दा धेरै पर्यटक रहने क्षेत्र माथिल्लो मनाङमा एटिएम सेवाको आवश्यकता खड्किएको थियो । जिल्लाभर आठ ओटा बैंक रहेता पनि सदरमुकाममा प्रभु बैंकले एटिएम सेवा सञ्चालनमा ल्याएको छ । अब जिल्लामा दुई ओटा बैंकले दुई स्थानमा एटिएम सेवा सञ्चालन गरे पनि अन्य बैंकले हालसम्म एटिएम सेवा सञ्चालन गर्न सकेका छैनन् । रासस

अन्नपूर्ण पदमार्गमा पर्यटक बढे, व्यवसायी उत्साहित

मनाङ, २७ चैत । पछिल्लो समय अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पर्यटककको सङ्ख्यामा वृद्धि भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । कोरोना भाइरस र बाढीपहिरोको वितण्डापछि अहिले लमजुङहुँदै पदयात्रा गर्ने बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । दैनिक १५० भन्दा बढी पर्यटकले पदयात्रा गर्ने गरेका छन् । दुई वर्षसम्म […]

अन्नपूर्ण पदमार्गमा बढे पर्यटक

लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको संख्यामा वृद्धि  भएको छ । कोरोना सङ्क्रमणबाट प्रभावित अन्नपूर्ण पदमार्गमा यतिबेला दैनिक १५० देखि २०० जनासम्म पर्यटक आउन थालेका छन् । सुनसान जस्तै बनिरहेको यस पदमार्गमा कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै पर्यटकको चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित हुन थालेका छन् । केही महीनादेखि दुई÷चार जनाबाट शुरू हुँदै २५/३० जनासम्म आउन थालेका पर्यटक कात्तिकबाट दैनिक दुई हाराहारीमा पर्यटक आउने क्रम निरन्तर चलिरहेको छ । विदेशी पर्यटक ४० देखि ५० र आन्तरिक पर्यटक १५० देखि २०० जनाको हाराहारीमा पर्यटक पदमार्गमा आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीले बताएको छ । यस कार्यालयका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले भने, ‘कोरोना संक्रमणको जोखिम बढेपछि पदमार्गमा पर्यटक आगमन ठप्प हुँदा निराश बनेका यस पदमार्ग आसपासमा पर्यटन व्यवसायी यतिबेला पर्यटक आउन थालेपछि पर्यटकको सेवामा व्यस्त बन्दै राम्रो आम्दानी गरिरहेका छन्, चिसो समय हुँदासमेत पर्यटक आगमन भइरहेको छ ।’ कोरोना प्रभावित बनेको यहाँ यतिबेला पर्यटकको चहलपहलले केही पैसा भने पनि दैनिक आम्दानी भइरहेको मस्र्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले बताए । ‘पर्यटकको चाप बढ्ने यस पदमार्गमा कोरोनाले प्रभावित हुँदा एक दुई हजारको मुख देख्न समेत रहर भइरहेका बेला पर्यटक आउन थालेपछि यतिबेला दैनिक १०÷१५ हजार आम्दानी हुँदा धेरै खुशी भएको छु ।’ यस पदमार्ग आसपासको व्यवसाय पर्यटक आगमनले फस्टाइरहेको छ । अधिकांश पर्यटन व्यवसायी अन्नपूर्ण पदमार्गमा आउने पर्यटककै भरमा जीवन चलाउँदै आएका छन् । पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता अवलोकनका साथै मनाङबाट थुम्रापास हुँदै मुस्ताङ र पोखरा जान पर्यटकहरू अन्नपूर्ण पदमार्गमा आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङमा पर्दछ । अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएका छन् । यस पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीशहरमा रहेको छ । यस पदमार्गका लागि आउने पर्यटकले बेँसीशहर बजारका होटल समेत भरिभराउन हुने गरेका छन्न् । रासस

मनाङमा पर्यटक भित्र्याउन पदमार्गको अनुगमन

मनाङ । लामो समयदेखि कोभिड–१९ संक्रमणका कारण पर्यटन व्यवसाय पूर्णरूपमा ठप्प छ । यसलाई चलायमान बनाउने उद्देश्यले प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने नेतृत्वको टोलीले अन्नपूर्ण संरक्षण क्षेत्रको पदमार्गको अनुगमन गरिएको छ । बाढीपहिरोले पदमार्गमा क्षति पुर्‍याएको अवस्थाबारे अध्ययन गरी यसको मर्मतसम्भारका लागि सहयोग पुर्‍याउने उद्देश्यले सो क्षेत्रको अनुगमन तथा अवलोकन गरिएको प्रजिअ लामिछानेले बताए । कोरोना भाइरस संक्रमण न्यूनीकरण हुँदै गएपछि पर्यटक आउने सम्भाव्यतालाई ध्यानमा राख्दै गरी पदमार्ग खुलाउन अनुगमन गरिएको उनले बताए । प्रजिअ लामिछानेसहित जिल्लाका सुरक्षा निकाय, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप), नेपाल पत्रकार महासंघलगायत टोलीले पदमार्गको अनुगमन गरेको छ । अनुगमनका क्रममा पदमार्गअन्तर्गत केही स्थानमा बाढीपहिरोले क्षति पु¥याएको पाइएको उनले बताए । ‘पर्यटक भित्रिने अनुकूल मौसम हो । कोभिड न्यूनीकरण हुँदै जानु र मौसम अनुकूलताले पर्यटक आउने भएकाले पदमार्ग अनुगमन गरी मर्मतसम्भार गरिनेछ, अब पर्यटक भिœयाउन हामी तयार छौं,’ उनले भने, ‘जिल्लामा पर्यटक भित्रिँदै गर्दा सहज बनाउने कार्यमा जोड दिनु हाम्रो दायित्व हो ।’ पर्यटकका लागि विशेष गरी सबैभन्दा उच्च स्थानमा रहेको तिलिचो ताल ९४९१९ मिटर जाने बाटो मर्मत तथा पुनर्निर्माण गरिएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष छिनी दोर्जे गुरुङले बताए । उनका अनुसार नेपालकै उच्च स्थानमा भएको तिलिचो ताल जाने बाटोको फोहोरमैला व्यवस्थापन र खुला दिसामुक्त क्षेत्र बनाउने उद्देश्यले विभिन्न स्थानमा सार्वजनिक शौचालयले निर्माण गरिएको छ । जिल्लामा थलिएको पर्यटन व्यवसाय सञ्चालनमा ल्याउन प्रमुख जिल्ला अधिकारी लामिछानेको टोली सक्रियता देखाएकोप्रति अन्नपूर्ण बेसक्याम्पका डम्बर गुरुङ, कर्मा ढेण्डु गुरुङलगायत पर्यटन व्यवसायी हर्षित भएका छन् । पर्यटन व्यवसायलाई चलायमान बनाउन सकिने र केही पर्यटक आउने क्रम शुरू भइसकेको पर्यटन व्यवसायी डम्बर गुरुङले बताए । ‘अनुकूल मौसममा प्रशासनले चासो दिनुले हामी पर्यटन व्यवसायीलाई सहयोग पुग्छ । २ वर्षदेखि थलिएको व्यवसाय चलायमान हुनुका साथै जिल्लाका आयआर्जन पनि वृद्धि हुनेछ,’ अर्का व्यवसायी कर्मा ढेण्डु गुरुङले भने । पदमार्ग अन्तर्गत तलेखु–भ्राताङ भीरमा मानिस हिँड्न मिल्ने बाटो निर्माण भइसकेको छ भने सवारी आवागमनका लागि भीर फोडेर सडक निर्माणको काम भइरहेको प्रजिअ लामिछानेले बताए । तल्लो मनाङको विभिन्न भागमा सडक निर्माणको काम भइरहेको छ । खोत्रोसम्म सवारी चलेको छ भने चामे गाउँपालिका र माथिल्लो मनाङमा सीमित रहेर सवारी चलिसकेको छ । माथिल्लो मनाङबाट खाङ्सारसम्म भने सवारी चलिरहेको छ । बेँसीशहर–चामे सडकखण्ड नेपालीको ठूलो पर्व बडादशैंसम्म सञ्चालन गर्ने तयारीमा छ । रासस

बाढीपहिरोले थलिएको मनाङ अझै तंग्रिएन

‘सकसपूर्ण अवस्था अहिले हामीले बेहोरिरहेका छौं। सायद अहिलेसम्मको सबैभन्दा अप्ठेरो अवस्था हामीले भोग्नुपरेको छ,’ मनाङका पर्यटन व्यवसायी विनोद गुरुङ भन्छन्। उनका अनुसार सडक सम्पर्क टुटेपछि लम्जुङको बेसीसहर हुँदै खाद्यान्न ढुवानी गर्ने अवस्था छैन। मुस्ताङ हुँ...

मनाङको माथिल्लो भेगमा हिउँ पर्न सुरु

मनाङ : मनाङको माथिल्लो भेगमा हिउँ पर्न थालेको छ। बिहीबार साँझपख हिमाली क्षेत्र हुँदै बस्तीसम्म हिउँ परेको स्थानीयले बताएका छन्। माथिल्लो मनाङको थोराङला फेदी, याकखर्क हुँदै, मनाङ गाउँसम्म हिउँ परेको हो। पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङले केहीबेर हिउँ परेको र सुकेको बताए। ‘एकछिन हिउँ परेको थिय...

आन्तरिक पर्यटकको गन्तब्य बन्दै मनाङ

हिमालपारीको जिल्ला मनाङमा आन्तरिक पर्यटकको गन्तब्य बन्दै गएको छ । जिल्लामा मोटरबाटो बनेपछि आन्तरिक पर्यटकहरू सवारी साधनबाट आउनेक्रम बढेको हो । बिदा मनाउन र घुमघाम गर्नका लागि युवायुवतीहरू मोटरसाइकल तथा अन्य सार्वजनिक सवारी साधन चडेर मनाङसम्म आउने आन्तरिक पर्यटकहरू बढीरहेको मनाङ पर्यटन व्यवसायी समितिका अध्यक्ष विनोद गुरुङले बताए ।

हिमाली क्षेत्रका पर्यटन व्यवसायी ट्राउट माछापालनमा आकर्षित

ललितपुर । हिमाली जिल्ला मनाङ, मुस्ताङ र सोलुखुम्बुका पर्यटन व्यवसायीले ट्राउट माछा पाल्न थालेका छन्।   एशियाली विकास बैंकको सहयोगमा सञ्चालित उच्च पहाड कृषि व्यवसाय तथा...