अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायब सुब्बा नरेन्द्र चन्दलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार एक सेवाग्राहीलाई शेयर पूँजी बढाएको प्रमाणपत्र लिनका लागि लेखापढी व्यवसायीमार्फत रु आठ हजार घुस मागेको अभियोगमा पक्राउ गरिएको हो । लेखापढी व्यवसायी रामबाबु दाहालले कर्मचारीलाई मिलाउनुपर्छ भन्दै घुस दिन भनेका थिए ।
आयोगको टङ्गालबाट गएको टोलीले घुस रकमसहित नायब सुब्बा चन्द र लेखापढी व्यवसायी दाहाललाई विभाग परिसरबाटै पक्राउ गरेक...