आजकल धेरैलाई सेल्फी लिन मन लाग्छ । स्मार्टफोनहरूले पनि सेल्फी क्यामरालाई विशेष फीचर बनाएका हुन्छन् । तर हालै गरिएको एक अध्ययनले सेल्फीमोह एक मानसिक विकार भएको बताएको छ ।
त्यसबाट मुक्त हुनका लागि उपचार नै आवश्यक हुन्छ ।
बेलायतको नटिङ्घम ट्रेन्ट विश्वविद्यालय तथा भारतको थिगाराज स्कूल अफ म्यानेजमेन्टका अनुसन्धानकर्ताहरूले उक्त अध्ययन गरेका हुन् । तीन वर्षको अध्ययनपछि उनीहरूले अमेरिकी मनोरोग एसोसिएसनको निष्कर्षलाई पुष्टि गरेका छन् । एसोसिएसनले सेल्फीलाई मानसिक विकारका रूपमा वर्गीकृत गरेको थियो ।
अनुसन्धानकर्ताहर...