कान नसुन्ने समस्या (हियरिङ लस)बाट पिरोलिरहनुभएको छ भने मानसिक तनाव उत्पन्न हुनसक्नेमा सचेत रहनुहोला । कान नसुन्ने समस्याले पनि मानसिक रोग निम्त्याउँछ ।निजामती कर्मचारी अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ डा. निर्मला तामाङले कान नसुन्ने समस्याका कारण धेरैमा मानसिक रोगको समस्या देखिएको जानकारी दिइन् ।उनले भनिन्, “धेरै बिरामीले कान नसुनेकै कारण एन्टी डिप्रेसनको औषधि खानुपरेको छ ।” यस्तो समस्या ४० वर्ष उमेर नाघेपछि हुने बताउँदै उनले यस्तो समस्याका कारण