वैशाख ८, काठमाडौं । नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा बुधवार ३२ दशमलव ४१ अंक घटेको छ । सोही कारण पाँच ओटा कम्पनीको शेयर मूल्यमा उच्च गिरावट आएको छ ।
सबैभन्दा बढी लिवर्टी इनर्जी कम्पनी लिमिटेडको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव १७ प्रतिशत घटेको छ । उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३३० मा झरेको छ ।
त्यसैगरी दोस्रोमा हिमालयन पावर पार्टनरको शेयर मूल्य ४ दशमलव १९ प्रतिशत, नारायणी डेभलपमेण्ट बैंकको ३ दशमलव ७२ प्रतिशत,आइसीएफसी फाइनान्सको ३ दशमलव ६१ प्रतिशत र पाँचथर पावर कम्पनीको शेयर मूल्य ३ दशमलव ५५ प्रतिशतले घटेको हो ।
ती पाँच ओटै कम्पनीको शेयर मूल्य बजार बढ्दा सर्किट लेबलमा वृद्धि भएको थियो । बजार घट्न लागेसँगै लगानीकर्ताले नाफा बुक गरेकाले शेयर मूल्यमा गिरावट आएको हो ।
स्रोत : नेपाल स्टक एक्सेचञ्ज (नेप्से)