बुधबार सेयर बजार परिसूचक नेप्सेमा पुनः ३६ अंक माथिको गिरावट आएको छ । लामो समयको अन्तरालपछि मंगलबार मात्र १३ अंकले बढेको नेप्सेमा बुधबार पुनः ३६ अंक माथिको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ३६.७३ अंकले घट्दै २३ सय २०.५१ अंकमा झरेको छ । यस्तै क वर्गको सेन्सेटिभ्स इन्डेक्स समेत आज ६.६९ अंकले घट्दै ४४१.०८ अंकमा झरेको नेप्सेले जनाएको छ ।१३ वटै उपसूचक ऋणात्मक भएर बजार नै राताम्मे भएको आज सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक अधिकतम ३.८२ अंकले घटेको छ भने अन्य समूह ३.०५ अंकले घटेको