मंगलबार सेयर बजार परिसूचक नेप्से अधिकतम ९ अंक माथिले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ९.०१ अंकले घटेर २ हजार ९८५.५७ विन्दुमा झरेको हो । नेप्सेका अनुसार आज ‘क’ वर्गका ठूला कम्पनीका सेन्सेटिभ इन्डेक्स समेत २.८२ अंकले घटेर ५५८.११ विन्दुमा झरेको छ । यस दिन व्यापार, होटल तथा पर्यटन, हाइड्रोपावर, म्यानु एण्ड प्रो र म्युचुअल फण्ड समूहहरु धनात्मक (पोजेटिभ) हुँदा बैंकिङ्ग, विकास बैंक, फाइनान्स, जीवन बीमा तथा निर्जीवन बीमा लगायतका समूहहरु ऋणात्मक भएका छन् ।&n