पर्यटन मन्त्रीलाई दुर्व्यवहार गरेको भन्दै छाया सेन्टरका सुरक्षा गार्ड पक्राउ, ‘मन्त्री भनेर चिनाउँदासमेत मुख छाडे’

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई अभद्र व्यवहार गरेको आरोपमा ठमेलको छाया सेन्टरका सुरक्षा गार्ड शेरजंग गुरुङ पक्राउ परेका छन् । छाया सेन्टरमा रहेको भिसा सेन्टरमा एक कामले पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षा गार्डले भित्र छिर्न नदिएको र मन्त्रीका सुरक्षा गार्ड तथा सहयोगीले ‘उहाँ मन्त्री हो’ भनेर चिनाउँदासमेत दुर्व्यवहार गरेकाले पक्राउ गरिएको प्रहरी वृत्त दरबारमार्गका प्रहरी नायब उपरीक्षक कोपिला चुडालले उज्यालोलाई जानकारी दिनुभयो ।  ‘सहयोगीले उहाँ मन्त्री हो, प्रक्र...

सम्बन्धित सामग्री

सुरक्षागार्डलाई मैले नै छाड्न भनेको हुँ: मन्त्री श्रेष्ठ

काठमाडौँ- आफूमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सुरक्षा गार्ड शेरजंग गुरुङलाई छाड्न आफूले नै गृह मन्त्रालयमा आग्रह गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले बताएका छन्। सोमबार मन्त्री श्रेष्ठका स्वकीय सचिवले विज्ञप्ति जारी गर्दै मन्त्रीमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका गरुड सेक्युरिटिजका सुरक्षागार्ड गुरुङले प्रहरीसमक्ष माफी मागेको बताउँदै नियन्त्रणमुक्त गरिदिन गृहमन्त्री बालकृष्ण खाँणलाई […]

सुरक्षागार्डलाई रिहा गरिदिन मैले नै गृहमन्त्रालयलाई भनेको हुँ : पर्यटनमन्त्री

२० भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको सचिवालयले थुनामा रहेका सुरक्षा गार्ड शेरजंग गुरुङलाई थुनामुक्त गर्न गर्न गृहमन्त्रालयलाई आग्रह गरेको बताएका छन् । मन्त्रीलाई दुर्व्यवहार गरेकोले गुरुङ पक्राउ गरेको भन्दै श्रेष्ठका स्वकीय सचिव भीमसेन राजवाहकले विज्ञप्ति निकालेर भनेका छन्, ‘‍…निज गुरुङले प्रहरी समक्ष गल्ती महसुस गरिसकेकोले निजलाई नियन्त्रणमुक्त गरिदिन माननीय मन्त्रीज्यूले […]

चौतर्फी आलोचना भएपछि सुरक्षा गार्ड गुरुङलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले प्रहरी हिरासतमा रहेका गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरूङलाई रिहाइ गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाणले सोमबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्याएर सुरक्षा गार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिएका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरमा रहेको भिएफएसका सुरक्षा गार्ड गुरूङलाई  प्रहरीले आइतबारबाट हिरासतमा राखेको थियो ।  नियम पालना गराउ

मन्त्रीलाई लाइनमा बस्नुस् भनेकै आरोपमा सुरक्षा गार्ड प्रहरी नियन्त्रणमा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्नु भनेको आरोपमा एक जना सुरक्षागार्डलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मन्त्री श्रेष्ठमाथि दुर्व्यवहार गरेको भन्दै ठमेलस्थित छाया सेन्टरका सुरक्षागार्डलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गरूण सेक्युरिटीका सुरक्षागार्ड शेरजंग गुरूङ प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक भरत बोहराले जानकारी दिए […]

फिल्म ‘चिसो मान्छे’ टिमले स्वस्तिमाका लागि राखे सुरक्षा गार्ड

काठमाडौं : आजबाट देशैभर फिल्म ‘चिसो मान्छे’ प्रदर्शनमा आएको छ। ‘चिसो मान्छे’को हल भिजिटमा जाँदा मुख्य कलाकार स्वस्तिमाका लागि निर्माण टिमले सुरक्षा गार्डको व्यवस्था गरेको हो। बिग मुभिजमा भएको प्रेस शोमा स्वस्तिमा सुरक्षा गार्डसँगै देखिएकी छिन्। ‘कबड्डी ४’की अभिनेत्री मिरुना मगरमाथि हलमा दुर्व्यवहार भएपछि स्वस्तिमाका लागि सुरक्षा गार्ड राखेको फिल्मकी…

यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

ओखलढुङ्गामा  ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा चिशंखुगढी गाउँपालिका-८ माम्खा बस्ने ७१ वर्षीय दान बहादुर कार्कीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । कार्कीले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ विमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।