काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी हिरासतमा रहेका गरुड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङलाई रिहा गर्न निर्देशन दिएका छन्। गृहमन्त्री खाँणले सोमबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्याएर सुरक्षागार्ड गुरुङलाई रिहा गर्न निर्देशन दिएका हुन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरमा रहेको भिएफएसका सुरक्षा गार्ड गुरुङलाई […]