ओखलढुङ्गामा ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा चिशंखुगढी गाउँपालिका-८ माम्खा बस्ने ७१ वर्षीय दान बहादुर कार्कीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । कार्कीले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ विमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।