कुम्मायकमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी
पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार बमप्रसाद लावती र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)मा महेन्द्रबहादुर खड्का विजयी भएका हुन् ।
काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । अध्यक्षमा माओवादी केन्द्रका कान्छालाल जिम्बा र उपाध्यक्षमा सागर मोक्तान विजयी भएका छन् ।
जिम्बाले चार हजार ८ सय...
काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेपाली कांग्रेसका भगवान अधिकारी र उपाध्यक्षमा माओवादी केन्द्रका तारा राना तिमल्सिना विजय भएकी हुन् ।
अध्यक्षमा निर्वाचित...
तेमाल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमाामा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा नेपाली कांग्रेसका चन्द्र लामा र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का दलमान थोकर (डिएम) विजय भएका हुन्।
अध्यक्षमा निर्वाचित लामा ७ हजार...
सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । जिल्लामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका बीचमा स्थानीय तह निर्वाचनमा गठबन्धन भएको थियो । सोही गठबन्धनबाट कांग्रेसका जगतबहादुर भोलन अध्यक्षमा र माओवादीका शङ्करमान घलान उपाध्यक्षमा विजयी भएका हुन् ।
नवनिर्वाचित भोलन दुई हजार १०२ र उपाध्यक्ष घलान दुई हजार ९८३ मतले विजयी भएका हुन् । उनीहरूका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चतरमान लोले एक हजार ३५३ र उपाध्यक्ष पदका उम्मेदवार प्रमिला वाइबाले एक हजार ५२८ मत प्राप्त गरेका छन् ।
उक्त गाउँपालिकाका पाँचओटा वडामध्ये चार वडामा माओवादी र एक वडामा एमाले विजयी भएको छ । माओवादीबाट क्रमशः वडा नं १ मा सोमबहादुर भोलन, २ मा रोशनकुमार भोलन, ४ मा अमृतकुमार वाइबा र ५ मा ज्ञानबहादुर सिंजालीको प्यानल नै विजयी भएको छ । वडा नं ३ मा एमालेका निश्चल सुनुवारको प्यानल विजयी भएको छ ।
घ्याङलेख गाउँपालिकामा नौ हजार ९७५ मतदाता रहेकामा छ हजार ५२५ मत खसेको थियो । तीन हजार ३९३ पुरुष र तीन हजार १३२ महिलाले वैशाख ३० गते भएको निर्वाचनमा मतदान गरेका थिए । विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले जितेको थियो । रासस
दोलखाको कालिञ्चोक गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा गठवन्धनका उम्मेदवार विजयी भएका छन् । कालिञ्चोक गाउँपालिकामा गठबन्धनबाट अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका अर्जुनप्रसाद शिवाकोटी र नेकपा माओवादी केन्द्रबाट कुलबहादुर बुढाथोकी उपाध्यक्षमा निर्वाचित...
दोलखाको तामाकोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाकोे अध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका प्रोणप्रताप केसी र उपाध्यक्षमा कांग्रेसकी सिर्जना सुवेदी विजयी भएका हुन् ।
उनीहरु...
म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का उम्मेदवार निर्वाचित भएका छन् । मोहनचोकस्थित जलजला गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा आज दिउँसो सम्पन्न मतगणनाको परिणामअनुसार अध्यक्षमा कांग्रेसका राजुप्रसाद आचार्य र उपाध्यक्षमा माओवादीका दीपक आचार्य (आकाश) विजयी भएका हुन् । अध्यक्षमा निर्वाचित राजुले पाँच हजार ६५७ […]
पाँचथर– पाँचथरको तुम्बेवा गाँउपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बाबुराम खड्का विजयी हुनुभएको छ ।
गठबन्धबाट उम्मेदवार बन्नुभएका खड्काले नेकपा एमालेका गोविन्द बहादुर तामाङलाई ४ सय ११ मत अन्तरले हराउँदै विजयी हुनुभएको हो । खड्काले २ हजार ७ सय १८ मत प्राप्त गर्दा तामाङले २ हजार ३ सय ११ मत मात्र प्राप्त गर्नुभएको छ ।
उपाध्यक्षमा पनि गठबन्धनबाट नेकपा माओवादी केन्द्रका खड्क सम्बाहाम्फे विजयी हुनुभएको छ । सम्बाहाम्फेले २ हजार ७ सय ८ मत प्राप्त गर्दा एमालेकी उपाध्यक्ष उम्मेदवार नन्दाकुमारी घमलाले २ हज...
सन्दकपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा नेपाली कांग्रेसका तुलाराम गुरुङ र उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का हरि लुंगेली विजयी भए।...
बुटवलः गुल्मीको चन्द्रकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का युवराज केसी विजयी भएका छन्। उपाध्यक्षमा नेपाली कांग्रेसका विष्णु भण्डारी विजयी भएका छन्।
माओवादी केन्द्रका केसीले पाँच हजार ७०० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका चेतन बस्नेतले तीन हजार २४७ मत प्राप्त गरेका…