पाँचथरको तुम्बेवा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी

पाँचथर– पाँचथरको तुम्बेवा गाँउपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बाबुराम खड्का विजयी हुनुभएको छ । गठबन्धबाट उम्मेदवार बन्नुभएका खड्काले नेकपा एमालेका गोविन्द बहादुर तामाङलाई ४ सय ११ मत अन्तरले हराउँदै विजयी हुनुभएको हो । खड्काले २ हजार ७ सय १८ मत प्राप्त गर्दा तामाङले २ हजार ३ सय ११ मत मात्र प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा पनि गठबन्धनबाट नेकपा  माओवादी केन्द्रका खड्क सम्बाहाम्फे विजयी हुनुभएको छ । सम्बाहाम्फेले २ हजार ७ सय ८ मत प्राप्त गर्दा एमालेकी उपाध्यक्ष उम्मेदवार नन्दाकुमारी घमलाले २ हज...

सम्बन्धित सामग्री

घ्याङलेख गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । जिल्लामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका बीचमा स्थानीय तह निर्वाचनमा गठबन्धन भएको थियो । सोही गठबन्धनबाट कांग्रेसका जगतबहादुर भोलन अध्यक्षमा र माओवादीका शङ्करमान घलान उपाध्यक्षमा विजयी भएका हुन् । नवनिर्वाचित भोलन दुई हजार १०२ र उपाध्यक्ष घलान दुई हजार ९८३ मतले विजयी भएका हुन् । उनीहरूका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चतरमान लोले एक हजार ३५३ र उपाध्यक्ष पदका उम्मेदवार प्रमिला वाइबाले एक हजार ५२८ मत प्राप्त गरेका छन् । उक्त गाउँपालिकाका पाँचओटा वडामध्ये चार वडामा माओवादी र एक वडामा एमाले विजयी भएको छ । माओवादीबाट क्रमशः वडा नं १ मा सोमबहादुर भोलन, २ मा रोशनकुमार भोलन, ४ मा अमृतकुमार वाइबा र ५ मा ज्ञानबहादुर सिंजालीको प्यानल नै विजयी भएको छ । वडा नं ३ मा एमालेका निश्चल सुनुवारको प्यानल विजयी भएको छ । घ्याङलेख गाउँपालिकामा नौ हजार ९७५ मतदाता रहेकामा छ हजार ५२५ मत खसेको थियो । तीन हजार ३९३ पुरुष र तीन हजार १३२ महिलाले वैशाख ३० गते भएको निर्वाचनमा मतदान गरेका थिए । विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले जितेको थियो । रासस

बाबुसंग हारेकी गण्डकीले छोरालाई जितिन्

जिल्लाको बडिगाड गाउँपालिकामा पाँच दलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन्। पाँच दलीय गठबन्धनबाट प्रतिनिधित्व गर्दै अध्यक्षकी उम्मेदवार गण्डकी थापा अधिकारीले एमालेबाट उम्मेदवार बनेका राजन पाईजालाई पछि पार्दै गाउँपालिका अध्यक्ष जितेकी हुन्।...

गजुरी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका श्रेष्ठ र उपाध्यक्षमा विसुराल विजयी

गजुरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका गणेशलाल श्रेष्ठ र उपाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसकी शर्मिला विसुराल विजयी हुनुभएको छ ।

हुम्लाको सिमकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार निर्वाचित

हुम्लाको सिमकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजय भण्डारी र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सुशिला रोकाया निर्वाचित भएका हुन् ।

गुल्मीको चन्द्रकोटमा गठबन्धनका उम्मेदवार विजयी

बुटवलः गुल्मीको चन्द्रकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का युवराज केसी विजयी भएका छन्। उपाध्यक्षमा नेपाली कांग्रेसका विष्णु भण्डारी विजयी भएका छन्। माओवादी केन्द्रका केसीले पाँच हजार ७०० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका चेतन बस्नेतले तीन हजार २४७ मत प्राप्त गरेका…

गुल्मीको चन्द्रकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी

गुल्मीको चन्द्रकोट गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का तर्फबाट युवराज केसी विजयी भएका छन् । माओवादी