काठमाण्डाै - काठमाण्डौको मुख्य नाका नागढुङ्गा र कोटेश्वर जडीबुटी सडक खण्डमा लामो जाम छ ।
काठमाण्डौ उपत्यका छोड्ने यात्रु र गाडीको चापका कारण जाम भएको हो । नागढुङ्गा नौबिसे सडक खण्डमा गाडीको सङ्ख्या धेरै भएर जाम भएको छ भने भक्तपुरको पलाँसेमा गाडी बिग्रँदा कोटेश्वर जडीबुटी सडक खण्डमा जाम भएको छ ।
आज फूलपातीदेखि दशैँ बिदा सुरु भएकाले गाउँघर जाने यात्रुको सङ्ख्या बढेको छ । यसले गर्दा मुख्य नाकामा यात्रुको भीड थेगिनसक्नु छ । कलङ्की, नयाँ बसपार्क, कोटेश्वर जडीबुटीलगायत ठाउँमा गाडीको चाप छ ।
दशैँका बेला गाउँ घर ज...