पूर्वपश्चिम राजमार्ग चौडा पार्ने योजनाअनुसार गड्डाचौकी–चिसापानी खण्डमा पनि काम सुरु भएको ६ वर्ष भयो । न्यून बजेटका कारण सडक विस्तारको काम टुक्रे योजनामै सीमित हुन पुगेको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले माटो भरानदेखि राजमार्ग क्षेत्रका बजारहरूमा कालोपत्रको काम गरिरहेको छ ।