कास्की - पोखरालाई काठमाण्डौसँग जोड्ने पृथ्वी राजमार्ग विस्तार तथा स्तरोन्नति गर्ने योजनाको प्रारम्भिक काम रुख कटानबाट अघि बढेको छ ।
एसियाली विकास बैंक (एडीबी)को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरादेखि मुग्लिङसम्मको दुई लेनको सडकलाई विस्तार गरी चार लेनको फराकिलो र स्तरीय बनाउनका लागि मुग्लिङ–पोखरा सडक योजनाले काम अघि बढाएको हो ।
पोखरा–मुग्लिङ सडक खण्ड विस्तारको कार्य छिटो सम्पन्न गर्ने उद्देश्यले दुई भागमा विभाजन गरेर काम अघि बढाइएको छ ।
पोखराको पृथ्वीचोकमा रहेकाे सेती नदी पुलदेखि ...