सिद्धार्थ राजमार्ग विस्तार : पाल्पाका ७ सय बढी घर भत्किने

पाल्पा – सिद्धार्थ राजमार्गमा पर्ने बुटवल–पाल्पाको बाटो चौडा गर्दा पाल्पाका ७ सय बढी घर भत्किने भएका छन् ।  सिद्धार्थ राजमार्ग चार लेनमा विस्तार गर्दा सडक क्षेत्र अतिक्रमण भइ बनेका घरटहरा भत्किने भएका हुन् । राजमार्गको दायाँबायाँ २५ मिटरभित्र बनेका पक्की तथा कच्ची गरी ७ सय घर भत्किँदा ४ सय बढी पक्की घर पनि पर्ने छन् । पाल्पाको विकासमा बाधक बनेको सिद्धबाबा क्षेत्रको बाटो बनाउनुको साटो जनतालाई उठिबास लगाउन थालेको भन्दै स्थानीयले विरोध गरेका छन् । घर भत्किने निश्चित भएपछि घरधनीहरुले पहिले सिद्धबाबा क्षेत्रको बाटो ब...

सम्बन्धित सामग्री

राजमार्ग विस्तारमा ढिलाइ

सिद्धार्थ राजमार्ग विस्तार कार्यमा ढिलासुस्ती भएको छ। सडक विस्तारका लागि भन्दै दुई वर्षअघि सडक छेउका घर तथा टहरा भत्काइए पनि निर्माण कार्य हुन सकेको छैन। सडक डिभिजन कार्यालय पाल्पाले तीन वर्षअघिदेखि नै सडक विस्तार गर्ने नाममा सडक छेउका घर तथा टहरा हटाउन सुरु गरेको थियो। बगनासकालीको आर्यभञ्ज्याङदेखि राईडाँडासम्मका घर तथा टहरा हटाइएका थिए।

बुटवल बजार क्षेत्रको सडक : धुलो र खाल्डाखुल्डीले बेहाल

रमेश पराजुली - बुटवल : मुलुकको आर्थिक तथा व्यापारिक केन्द्रका रुपमा रहेको बुटवलको मध्यभागबाट पूर्व–पश्चिम महेन्द्र राजमार्ग र उत्तर–दक्षिण सिद्धार्थ राजमार्ग विस्तार भएका छन्। तर, राजमार्गको चौराहा–गोलपार्क खण्डको सडक विस्तार कार्यमा चरम ढिलासुस्ती र लापरबाहीले गर्दा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ। ठेकेदारको लापरबाहीका अगाडि स्थानीय, प्रदेश र संघीय सरकार लाचार बनेपछि…

सिद्धार्थ राजमार्ग विस्तार : घरटहरा जोगाउन आन्दोलन

सिद्धार्थ राजमार्ग चौडा गर्दा एक हजार घरटहरा भत्काउनुपर्ने भएपछि स्थानीय आन्दोलित भएका छन् । उनीहरूले पहिलो चरणमा प्रमुख जिल्ला अधिकारी, राजनीतिक दल, जनप्रतिनिधिलाई भेटेर आफ्ना घरटहरा नहटाउन ज्ञापनपत्र बुझाएका छन् ।

सिद्धार्थ राजमार्ग विस्तार कार्य शुरु

बुटवल । बुटवल बजारको मध्यभागमा रहेको सिद्धार्थ राजमार्ग क्षेत्रको सडक विस्तारको काम अघि बढ्ने भएको छ ।   सडक विस्तारको जिम्मा लिएको बेलहिया–बुटवल व्यापारिक मार्ग सडक योजनाले बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सडकको विस्तारको ...