गौवध गरेको आरोपमा बकैया गाउँपालिका-११ कालिदमार बस्ने ३८ वर्षीय जनकबहादुर लोहार लगायत १० जनालाई आइतवार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बकैया गाउँपालिका-११ स्वबिमा गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई ५० केजी गाईको मासुसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।