२ मङ्सिर, काठमाडौं । शनिबार दिन ढल्दै गर्दा सन्तोष साह ललितपुरको कुपण्डोल नजिकै वाग्मती नदी किनारमा बत्ती जडान गर्दै थिए । भारत घर भएका साह हरेक वर्ष यसैगरी तिहार र छठ जस्ता पर्वमा बत्ती जडान गर्न यहाँ आउँछन् । नदी किनारमा छठ पूजाका लागि झिलिमिली बत्ती सजावटको जिम्मेवारी यसपटक पनि उनी आफैले लिएका छन् । […]