हेटौंडामा पनि छठ पूजाको तयारी तीव्र

मकवानपुरमा छठ पूजाको तयारी तीव्रताको साथ भइरहेको छ । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा पनि छठ पूजाको रमझम हुने गरेको छ ।छठ पूजाको लागि हेटौंडाको राप्ती खोला तथा कर्रा खोला किनारमा टेन्ट लगाएर सजाउने काम भएको ।  विशेषत मधेशी समुदायले मनाउने छठ पर्व अहिले साझा बनेको छ । पछिल्लो समयमा पहाडी समूदायले समेत छठ पूजालाई महत्व दिने गरेका छन् । मकवानपुरको राप्ती र कर्रा खोलासंगै अन्य खोला नदी र पोखरी लगायतको जलाशयमा छठ पर्वको तयारी पूरा भएको छठ पूजा समारोह समिति मकवानपुरले जनाएको छ ।&n