आज छठ पर्वको सझिया घाटे, वीरगञ्जको घडिअर्वा पोखरी झकिझकाउ (तस्बिरहरु)

वीरगञ्ज – छठ पर्वको आज बुधबार ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिँदैछन्। साँझ नजिकैको पोखरी, नदी, तलाउलगायतका स्थानमा सजाइएको घाटमा गई पूजा गरेर ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिनेछन्। आज परेको सझिया घाटेको लागि तराईमा छठ पूजा हुने हरेक घाटलाई सिँगारिएर सजावट गरिएको छ। यहाँका घाटहरुमा टेन्ट, बत्ती, सरसफाइ गरी झिलिलिी लगाएर सजाइएको छ। घाट सजाउनको लागि […]

सम्बन्धित सामग्री

काठमाडौंमा यसरी गरियो छठ समापन

१४ कात्तिक, काठमाडौं । आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व सम्पन्न भएको छ । काठमाडौंवासीले पनि आज पोखरी र नदी किनारबाट उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरे । बागमती किनारमा भेला भएका व्रतालुले गाईको दूध, फलफूल र जलले अर्घ दिए । छठका व्रतालुले आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए । सूर्योदयकालमा अर्घ […]

विराटनगरमा छठ पर्व मनाउँदै भक्तजन (फोटो फिचर)

मोरङ – विराटनगरमा छठ पर्व मनाउने भक्तजनको उल्लेख्य सहभागिता रहेको छ। धुमधामसाथ मनाइने छठ पर्वको पहिलो दिन आइतबार भक्तजनले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका छन्। विराटनगरको विभिन्न क्षेत्रमा छठ पर्व मनाउनेको बाक्लो भीड छ। सिघिंया खोला, सुनसरी मोरङ सिँचाइ योजनाको नहर, केशलिया खोलासँगै भक्तजनले आ–आफ्नो घर र पायक पर्ने स्थानमा पोखरी बनाएर छठ पर्व मनाइरहेका छन्। […]

छठ पर्व मनाउनका लागि रानीपोखरी उपलब्ध गराउन काठमाडौँ महानगरलाई आग्रह

‘हामीले छठ मनाउन पाउँ भनेर यो पत्रकार सम्मेलन राखेका हौं। खोली दिए धेरै राम्रो हुन्थ्यो। असनमा बस्नेहरुलाई छठ मनाउन सजिलो हुने भएकाले हामीले महानगरपालिकालाई रानी पोखरी उपलब्ध गराउन फेरी पनि विनम्र अनुरोध गर्दछौं।’...

छठ पर्वका लागि जलाशय किनार झकिझकाउ

काठमाण्डाै - श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वका लागि नदी, पोखरी तथा जलाशयका किनार झकिझकाउ बनाइएको छ । तराई, मधेसका विभिन्न ठाउँ र काठमाण्डौमा समेत छठ पर्व मनाइँदैछ । पोखरी नै पोखरीको सहरका रूपमा चिनिएको जनकपुरधामका पोखरीमा छठ पूजाका लागि झकिझकाउ पारिएको छ । जनकपुरधामको गङ्गासागर, धनुषसागर, अङ्गराज सर, दशरथ तलाउ, जानकी सरोवर, गोरधोइ, अग्निकुण्डलाई सजाइएको छ । काठमाण्डौको गुह्येश्वरी, कमलपोखरी लगायतका ठाउँमा पनि  नदी तथा पोखरी किनारका दायाँबायाँ आकर्षकरुपमा सिँगारेर छठ घाट बनाइएको छ । कात्ति...

तराईको चैते छठ

जनकपुरमा अस्ताउँदो सूर्यलाई अध्र्य अर्पण गरी चैते छठ मनाइँदैछ । जनकपुरको विभिन्न पोखरी सरोवरहरुमा श्रद्धालुहरुदे साँझ अस्ताउदो सुर्यलाई अध्र्य दिएका छन । मिथिलाञ्चलमा छठ पर्व वर्षमा दुई पटक मनाउने परम्परा रहेको छ । जनकपुरका सरोवारहरुलाई भव्य रुपमा सजाइएको छ । अस्ताउँदो सूर्यलाई अध्र्य दिनको लागि सरोवारहरुमा श्रद्धालुहरुको निकै भिड लागेको छ । चार दिनसम्म मनाइने […]

जनकपूरमा छठ पर्व सम्पन्न

छठ पर्वका अवसरमा ब्रतालुहरुले बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन गरेका छन् । तलाउ तथा पोखरीहरूको सहर भनेर चिनिने जनकपुरमा ब्रतालुहरुले तलाउ तथा पोखरी छेउ बनाइएका घाट अगाडि स्नान गरी उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।छठ पर्व उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि ब्रत समापन हुन्छ । ब्रतालुहरुले बुधबार रातभर तलाउ, पोखरी तथा नदी किनारमा बनाइएका घाटमा बसेर दीप प्रज्वलन गरी छठ माताको आराधना गरेका थिए । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासन

यसरी मनाइयो छठ पर्व (तस्बिरहरु)

छठ पर्वका अवसरमा ब्रतालुहरुले बुधबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।  ब्रतालुहरुले तलाउ तथा पोखरी छेउ बनाइएका घाट अगाडि स्नान गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि ब्रत समापन हुन्छ । ब्रतालुहरु आज रातभर तलाउ, पोखरी तथा नदी किनारमा बनाइएका घाटमा बसेर दीप प्रज्वलन गरी छठ माताको आराधना […]

जनकपुरमा यसरी मनाइयो छठ पर्व (तस्बिरहरु)

जनकपुरधाम । छठ पर्वका अवसरमा ब्रतालुहरुले बुधबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । तलाउ तथा पोखरीहरूको सहर भनेर चिनिने जनकपुरमा ब्रतालुहरुले तलाउ तथा पोखरी छेउ बनाइएका घाट अगाडि स्नान गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि ब्रत समापन हुन्छ । ब्रतालुहरु आज रातभर तलाउ, पोखरी तथा नदी किनारमा बनाइएका घाटमा बसेर दीप प्रज्वलन गरी छठ माताको आराधना गर्दछन् ।कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन

विराटनगरमा पनि धुमधामका साथ मनाइयो छठ पर्व (तस्बिरहरु)

समाजमा जातीय सद्भावको सन्देश दिने पर्व छठलाई विराटनगरमा पनि धुमधामका साथ मनाइएको छ । ब्रतालुहरु जुनसूकै जातका भए पनि एउटै कुण्ड, तलाउ, पोखरी तथा नदी किनारमा भेला भएर मनाइने भएकाले यो पर्वले समाजमा जातीय सद्भावको सन्देश दिने गर्दछ ।बुधबार विराटनगरको सिंघिया, केसेलिया, सुनसरी मोरङ सिंचाई आयोजनाको नहर, विभिन्न पोखरी तथा जलाशयमा बसेका ब्रतालुले अस्ताउँदो सूर्यको आराधना गर्दै यो पर्व मनाएका छन् । छठ पर्वको अन्तिम दिन अर्थात् भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिएर ब्रत समापन गरिन्छ । जलाशय तथा नदी किनारमा

कृत्रिम पोखरी बनाएर घरमै छठको पूजा

खोला तथा तलाउमा पुगेर भीडभाड गर्दै हरेक वर्ष छठ मनाइन्छ । छठमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ । तर मोरङको एक परिवारले घरमै कृत्रिम पोखरी बनाएर छठ पर्व मनाएको छ । भीडभाडमा कोरोना बढ्ने भन्दै प्लाष्टिकको पोखरी बनाएर पूजा गरिएको ममता साबुले बताइन् । साबुको परिवारका २५ जनाभन्दा बढीले कृत्रिम पोखरीमा छठ मनाएका हुन् । भीडभाडमा जाँदा कोरोको संक्रमण बढ्ने भएपछि घरमै कृत्रिम पोखरी बनाएर छठको पूजा गरेको साबुले बताइन् ।