छठ पूजा हुने पवित्र नदी तथा तलाउका घाटलाई शनिबार आकर्षक रूपले साज–शृंगार गरिएको छ । पोखरी नभएका उत्तरी धनुषाका गाउँमा इनारलाई सफासुग्घर पारिएको छ । छठको अवसरमा पूजा सामग्रीको खरिदबिक्री ह्वात्तै बढेको छ । चोकचोकमा फलफूलका पसल थापिएका छन् । छठ प्रयोजनका लागि जनकपुर बजारमा १५ करोडभन्दा बढीको फलफूल बिक्री भएको व्यवसायीको अनुमान छ ।