तालिबानले अफगानिस्तानको सत्ता हात पारेपछि आफूहरूको शासनमा महिला अधिकारको रक्षा गर्ने बताएका छन् ।
महिलाहरूलाई घरबाट बाहिर निस्कन दिने र काम गर्ने अनुमति पनि दिइएको उसले बताएको छ ।
यसपटक तालिबानले संसारको नजरमा आफ्नो फरक छवि प्रस्तुत गर्न खोजेको देखिन्छ ।
अफगानिस्तानमा लोकप्रिय टीभी च्यानल टोलो न्युजको स्टुडियोमा तालिबान नेताले महिला एंकरका प्रश्नहरूको जवाफ दिएका छन् । न्युज च्यानलका प्रमुखले प्रश्न सोध्ने महिलाको तस्वीर पोस्ट गरेका छन् ।
तालिबान यसपालि सत्तामा कायम रहनका लागि आतुर देखिए...