प्रधानमन्त्रीले तपाईं नभएपछि गृह मन्त्रालय दिन मिल्दैन भन्नुभयो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्ता गठबन्धनमा भएको शक्ति बाँडफाँटबमोजिम पार्टीले गृह मन्त्रालय नपाएपछि सरकारबाट बाहिरिने निर्णयमा पुगेको बताएका छन् । केन्द्रीय समितिको बैठकपछि आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारमा पार्टीले गृह मन्त्रालय नपाउने भएपछि सरकारबाट बाहिरिने निर्णयमा पुगेको बताएका हुन् ।

सम्बन्धित सामग्री

लामिछानेसहित रास्वपा सांसदहरुले भेटे गृहमन्त्री श्रेष्ठलाई

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने तथा सांसदहरुको समूहले शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई मन्त्रालयमै गएर भेट गरेको छ। संसद्‌मा भ्रष्टाचारबिरुद्ध संकल्प प्रस्ताव दर्ता गर्नुअघि उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठलाई त्यसबारे जानकारी दिन रास्वपा अध्यक्ष तथा संसदीय दलका नेता लामिछाने सहित सबै सांसदहरू गृह मन्त्रालय पुगेका हुन्। भेटघाटमा उपप्रधानमन्त्री तथा गृह मन्त्री श्रेष्ठले चालेको भ्रष्टाचार […]

आजपनि बालुवाटार पुगे रवि, गृहमन्त्री बनाउन ढिपी

काठमाडौं, माघ १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज पनि बालुवाटार पुगेका छन्। गुमेको गृहमन्त्री पदको बारेमा छलफल गर्न लामिछाने बालुवाटार पुगेका हुन् । भेटमा लामिछानेले पूर्व सहमती अनुसार गृह मन्त्रालय आफ्नै भागमा परेकाले गृहमन्त्रीमा पुर्नबाहाली गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् । जवाफमा प्रधानमन्त्री […]

गृहमन्त्री लामिछानेविरुद्धको रिट खारेज गर्न ४ वटा सरकारी निकायको माग

काठमाडौं : सरकारी संयन्त्रहरूले गृहमन्त्री रवि लामिछाने सांसद हुन अयोग्य रहेको जिकिर गर्दै परेको रिट खारेज गर्न माग गरेका छन्।गृह मन्त्रालय, प्रतिनिधिसभा सचिवालय, निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वोच्च अदालतलाई पठाएको छुट्टाछुट्टै लिखित जवाफमा चारवटै निकायले लामिछानेविरुद्धको रिट खारेज गर्न माग गरेका हुन्।प्रतिनिधिसभाको कानुन सहसचिव लक्ष्मीप्रसाद गौतमले पेश गरेको लिखित जवाफमा ‘रिट निवेदनमा उठाइएका विषय निर्वाचन आयोग र कार्यपालिका अन्तर्गतका निकायको अधिकार क्षेत्रभित्रक

जनगुनासो बढी आउने गरेकाले गृह मन्त्रालय रोजेको हुँः गृहमन्त्री लामिछाने

काठमाडौं। गृहमन्त्री रवि लामिछाने आफ्नो नागरिकता र राहदानी विवादमा स्वतन्त्र ढंगले छानबिन गर्न दिने बताएका छन् कार्यभार सम्हालेपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले न्याय सम्पादन सबैलाई बराबरी हुने बताए। उनले भने, ‘स्वतन्त्ररुपमा सबैलाई बराबर ढंगले हेरेर न्याय सम्पादन गर्ने अधिकार हुन्छ। कसैसँग विभेद नगरी निष्पक्ष छानविन हुन्छ ।’उनले आफूले सञ्चारकर्मी भएर काम गर्दा सबैभन्दा धेरै गृह प्रशासनको देखेपछि गृहमन्त्रायलाई रोजेको बताए।

रवि लामिछाने उपप्रधान सहित गृहमन्त्री, अरुले के पाए ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद गठन भएको छ। प्रधानमन्त्री प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्हाल्नेछन् ।

३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन, मन्त्रीमा को को छन् ?

प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीले शपथ लिएसँगै ३ उपप्रधानमन्त्री र ४ मन्त्रीले शपथ लिएका छन् । उपप्रधानमन्त्रीमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, नेकपा एमालेका विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्माल्नेछन् । […]

रवि लामिछानेले गृह मन्त्रालय पाउने पक्का

११ पुुस, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृह मन्त्री बन्ने भएका छन् । उनी उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनेछन् भने गृह मन्त्रालयमा दावी गरिरहेका नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय नपाउने पक्का भएको उनीनिकट एक नेताले बताए । अब श्रेष्ठसँग परराष्ट्र वा भौतिक पूर्वाधार मन्त्रालयमध्ये […]

रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने भएका छन्। स्रोतका अनुसार लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारी पाउने निश्चित भएको हो। गृह मन्त्रालयमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले दाबी गरे पनि सात दलीय सत्ता गठबन्धनमा रविलाई गृह मन्त्रालय दिने समझदारी बनेको हो।

रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने सम्भावना

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने बलियो सम्भावना देखिएको छ ।  मन्त्रालय बागवण्डाका लागि चलिरहेको सत्तासाझेदार दलहरूको बैठकमा लामिछानेले सुरुदेखि नै उपप्रधानसहित गृहमन्त्रालय दाबी गरिरहेका थिए ।  उपप्रधानसहित गृहमन्त्रीमा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको पनि दाबी रहेको थियो । बैठकमा सहभागी एक नेताका अनुसार श्रेष्ठले विकल्पमा परराष्ट्र मन्त्रालय रोजेकाले लामिछानेले गृह मन्त्रालय […]