जनगुनासो बढी आउने गरेकाले गृह मन्त्रालय रोजेको हुँः गृहमन्त्री लामिछाने

काठमाडौं। गृहमन्त्री रवि लामिछाने आफ्नो नागरिकता र राहदानी विवादमा स्वतन्त्र ढंगले छानबिन गर्न दिने बताएका छन् कार्यभार सम्हालेपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले न्याय सम्पादन सबैलाई बराबरी हुने बताए। उनले भने, ‘स्वतन्त्ररुपमा सबैलाई बराबर ढंगले हेरेर न्याय सम्पादन गर्ने अधिकार हुन्छ। कसैसँग विभेद नगरी निष्पक्ष छानविन हुन्छ ।’उनले आफूले सञ्चारकर्मी भएर काम गर्दा सबैभन्दा धेरै गृह प्रशासनको देखेपछि गृहमन्त्रायलाई रोजेको बताए।

सम्बन्धित सामग्री

गृहमन्त्री लामिछाने र धरानका मेयर साम्पाङबीच भेट

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबीच भेटवार्ता भएको छ।  आइतबार सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर प्रमुख सम्पाङले उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई भेटेका हुन्। भेटका क्रममा उनीहरूबीच लागूऔषध दुर्व्यसनी नियन्त्रणबारे छलफल भएको छ।  देशभरि नै लागू औषध दुर्व्यसनी बढिरहेको भन्दै त्यसलाई नियन्त्रणमा ल्याउनका लागि आफूले पहल गरिरहेको गृहमन्त्री लामिछानेको भनाइ थियो। […]

गृहमन्त्री लामिछाने र धरानका मेयर साम्पाङबिच भेटवार्ता

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबिच भेटवार्ता भएको छ । आइतबार सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर प्रमुख सम्पाङले उपप्रधान एवम् गृहमन्त्री लामिछानेसँग भेटवार्ता गर्नुभएको हो ।

तस्करी र राजश्व चुहावट नियन्त्रणमा मन्त्रालय निर्मम छ : गृहमन्त्री लामिछाने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले तस्करी नियन्त्रण र राजश्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालय निर्मम भएको बताउनुभएको छ।

राज्यको संयन्त्रलाई चलाइएको छ : गृहमन्त्री लामिछाने

काठमाडौं, १० माघ । यसअघिका सरकारमा रहेका दलहरुले राज्यको संयन्त्रलाई चलाएको गृहमन्त्री रबि लामिछाने बताएका छन्। आज प्रतिनिधि सभा बैठकमा सभामुख तथा उपसभामुखमा निर्वाचित सांसदलाई बधाई दिँदै यसअघिका सरकारमा रहेका दलहरुले राज्यको संयन्त्रलाई चलाइएको उनले बताए। उनले भने, ‘क्रसरका विषयमा होस् वा फरार सांसदका विषयमा होस् वा आन्दोलनरत अधिकारकर्मीका विषयमा गृह मन्त्रालय अत्यन्त संवेदनशील भएर […]

गैरआवासीय नेपालीको नागरिकता मुद्दा समाधान गर्छु : गृहमन्त्री लामिछाने (भिडिओ)

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई समाधान गर्ने बताएका छन् । वुधबार सिंहदरबारमा गैरआवासीय नेपाली संघका प्रतिनिधिसंगको भेटवार्ताका क्रममा गृहमन्त्री लामिछानेले नागरिकताको सबै विषयलाई एकै ठाँउमा राखेर समाधानको प्रयास गर्दा गिजोलिएको भन्दै अब गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई समाधान गर्न गृह मन्त्रालय सक्षम रहेको बताएका हुन् । उनले विदेशमा भएका नेपालीहरुको […]