गृह मन्त्रालय सम्हाल्ने जिम्मेवारी पाएका रवि लामिछाने परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागको अनुगमनमा

काठमाडौं। गृहमन्त्री रवि लामिछाने आफ्नो जिम्मेवारीभन्दा बाहिरको मन्त्रालय अन्तर्गतको विभागको अनुगमन गरेका छन्। उनले आज त्रिपुरेश्वरस्थित परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागको अनुगमन गरेका हुन्। हाल परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयमले लिएका छन्। राहदानी बनाउन सेवाग्राहीले सास्ती व्यहोर्नु परिरहेका बेला लामिछानेले विभागको अनुगमन गरेका हुन्। ‘लाइन मिनिस्ट्री’भन्दा अन्य मन्त्रालयको मन्त्री अनुगमनमा आउँदा विभागका कर्मचारी आश्चर्यमा परेका छन्।

सम्बन्धित सामग्री

रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने सम्भावना

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने बलियो सम्भावना देखिएको छ ।  मन्त्रालय बागवण्डाका लागि चलिरहेको सत्तासाझेदार दलहरूको बैठकमा लामिछानेले सुरुदेखि नै उपप्रधानसहित गृहमन्त्रालय दाबी गरिरहेका थिए ।  उपप्रधानसहित गृहमन्त्रीमा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको पनि दाबी रहेको थियो । बैठकमा सहभागी एक नेताका अनुसार श्रेष्ठले विकल्पमा परराष्ट्र मन्त्रालय रोजेकाले लामिछानेले गृह मन्त्रालय […]