रवि लामिछानेले गृह मन्त्रालय पाउने पक्का

११ पुुस, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृह मन्त्री बन्ने भएका छन् । उनी उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनेछन् भने गृह मन्त्रालयमा दावी गरिरहेका नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय नपाउने पक्का भएको उनीनिकट एक नेताले बताए । अब श्रेष्ठसँग परराष्ट्र वा भौतिक पूर्वाधार मन्त्रालयमध्ये […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीले तपाईं नभएपछि गृह मन्त्रालय दिन मिल्दैन भन्नुभयो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्ता गठबन्धनमा भएको शक्ति बाँडफाँटबमोजिम पार्टीले गृह मन्त्रालय नपाएपछि सरकारबाट बाहिरिने निर्णयमा पुगेको बताएका छन् । केन्द्रीय समितिको बैठकपछि आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारमा पार्टीले गृह मन्त्रालय नपाउने भएपछि सरकारबाट बाहिरिने निर्णयमा पुगेको बताएका हुन् ।

प्रचण्डलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्।  गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिइरहेको बेला लामिछाने र  प्रचण्डबीच एक घण्टा छलफल भएको हो।  पार्टी केन्द्रीय कमिटी र संसदीय दलको बैठक बस्नुअघि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए। भेटमा के के विषयमा कुराकानी भयो भन्ने जानकारी दिइएको छैन।  प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओली र लामिछानेबीच शनिबार भएको भेटमा अर्को मन्त्रालयको वि...

प्रधानमन्त्री प्रचण्डसँग भेट्न रवि लामिछाने प्रधानमन्त्री निवास बालुवाटारमा

काठमाडौं : सर्वसम्मतिबाट राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः चयन भएका रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आइतबार साँझ भेट गरेका छन्। उनी प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। उनले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट आइतबार नै नागरिकताको प्रमाणपत्र लिएका थिए। उनले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नुअगाडि नै राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयमा दावी रहेको जनाएको थियो। साथै रास्वपाले गृह मन्त्रालय नपाए सरकार नै छाड्ने चेतावनी पनि दिएको थियो।